Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतमा आफ्नो इच्छा चाहनले मात्र प्रवेश गरेका थुप्रै कलाकारहरु रहेका छन् | तर इच्छा र चाहनाको साथमा धेरै कुराको अनुभव र अभ्यासको साथमा धेरै लामो साधना पछि यस क्षत्रमा हात हाल्ने प्रयास गर्ने कलाकारहरुको पनि सुची हामी माझमा रहेको छ | यस्तै एक कलाकार हुन् गायक तुल साम्सोहाङ राई | उनि हाल अमेरिका बसोबास गर्दछन् | तर बिदेशी भूमिमा रहे पनि नेपाली गीत संगीत र कला संस्कृतिलाई भने उनले कहिले पनि बिर्सेका छैनन | उनि युवा पिडिका अहिलेका होनहार गायक हुन् | उनले अहिले सम्म अधिक मात्रामा स्टेज पर्फर्मेन्सहरु दिइसकेका छन् र निकै धेरै प्रत्यक्ष दर्शकहरुको मन पनि जिती सकेका छन् | आफ्नो लामो समय देखिको मेहेनत र अनुभव पछि अहिले आएर उनले आफ्नो पहिलो एल्बम दर्शकहरु सम्क्षे लिएर आउने जमर्को गरिरहेका छन् | अहिले उक्त एल्बमको काम निकै तिब्र रुपमा भईरहेको छ | अहिले एल्बममा समावेश गीतहरुको रेकर्डिङ्ग कार्य सुरु भैरहेको छ |
tul-samsuhang-rai
भर्खरै मात्र उनले आफ्नो एल्बमको पहिलो गीत “के लाई गर्छु शंका” बोलको गीतको रेकर्डिङ्ग कार्य सकेका छन् | यस गीतमा शब्द रचनाकार सौरव तिम्सिनाको रहेको छ भने संगीत बाबु बोगटी र अरेन्जेर बाबु प्रधान रहेका छन् | यस गीतमा गायक तुल साम्सोहाङ राईले आफ्नो सुमधुर स्वर भरेका छन् जसलाई बिकाश राईले रेकर्ड गरेका छन् | यस गीतको रेकर्डिङ्ग कार्य उनले अमेरिकाको जेओर्जिया स्टेटको एटलानटा सहरमा गरेका हुन् |
tul-samsuhang-rai
त्यस्तै उनले आफ्नो एल्बमको दोस्रो गीतको रेकर्डिङ्ग कार्य पनि सकिसकेका छन् | “चन चले कान्छी को” बोलको गीतमा शब्द संगीत डम्बर नेपालीको रहेको छ भने अरेन्जरको काम मोहित मुनालले गरेका छन | यस गीतमा पनि स्वयम उनकै सुमधुर हामी सुन्न सक्दछौ जसलाई बिकाश राईले रेकर्ड गरेका छन |
tul-samsuhang-rai
उनको अनुसार एल्बममा सबै खालका गीत समावेश रहेको छ | सबैले सुनेर आनन्द लिन सक्ने र सबैको मुख अनि मनमा सजिलै संग बस्न सक्ने गीतहरुको निर्माण आफुले यस एल्बममा गरेको उनको भनाई रहेको छ | अरु भन्दा केहि फरक प्रस्तुति रहने र आफ्नो गीतले सबैलाई खुशी बनाउने कुरा पनि उनले उल्लेख गरेका छन | निकै लामो समयको आफ्नो अनुभवको अनुसार नेपाली दर्शक श्रोताहरुको टेस्टलाई निकै राम्रो संग बुझेका उनले केहि फरक पन आफ्नो गीतमा लिएर आउने कोसिस गरेका बताएका छन |
tul-samsuhang-rai
युवा पुस्ताका प्रतिभावान गायकको नामले परिचित उनि अमेरिकामा निकै चर्चित छन | उनले बिगत लामो समय देखि नेपाली गीत संगीत र कला संस्कृतिको संरक्षण गर्ने काम गरिरहेका छन | बिदेशी भूमिमा रगत पसिना बगाएर पनि आफ्नो नेपाली पनलाई उनले बिर्सेका छैनन | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको र सधैब यसमा नै आफ्नो जीवन व्यतित गर्ने कुरा पनि उनले बताएका छन | आफ्ना दर्शक श्रोताहरुलाई निरन्तर रुपमा राम्रो राम्रो उत्कृष्ट प्रस्तुतिहरु दिने प्रयास गर्ने र जहाँ रहे पनि नेपाली गीत संगीत र कला संस्कृतिको विकास र प्रबर्धनको लागि अग्रसर रहने प्रतिबद्धता उनले जाहेर गरेका छन | त्यस्तै दर्शक श्रोताहरु आफ्नो लागि भगवानको स्वरुप रहेको र सबै कुराहरु उहाहरुकै हातमा रहेको हुनाले जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर त्यहाँ रहेका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो नया कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध गरेका छन |

Leave a Reply

%d bloggers like this: