Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा पनि कला तथा कलाकारहरुको कमि छैन | हरेक क्षत्रमा जस्तै नेपाली गीत संगीत तथा कला साहित्य क्षत्रमा पनि अहिले धेरै प्रतिभावान व्यक्तिहरुको आगमन निकै तिब्र गतिमा हुन थालेको छ | बहुमुखी प्रतिभाका धनि व्यक्तिहरु पनि हाम्रो नेपाली गीत संगीत तथा कला साहित्य क्षत्रमा हुनुहुन्छ जसले प्रत्येक पटक केहि फरक कुराहरु दर्शकहरुलाई प्रदान गर्ने कोसिस गर्नुहुन्छ | यस्तै एउटा नाम हो गायक सुमन श्रेष्ठ (संगम) |उनलाई अहिले आएर हामी निर्देशक दर्जा पनि दिन सक्छौ | किन भने उहाले अब आउन लागेको उहाको स्वरमा सजिएको गीतको म्युजिक भिडियोको निर्देशन गर्दै निर्देशन विधा तर्फ प्रवेश गरेका छन् | उनको अब आउने तयारीमा रहेको गीतमा शब्द गोपाल दाहालको रहेको छ भने यसलाई कम्पोज गर्ने काम बसन्त सापकोटाले गरेका छन् | छायाँकार ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकनमा यस म्युजिक भिडियोलाई गायक सुमन श्रेष्ठ संगमले स्वयम निर्देशन गरेका जसमा पुस्कर ताम्राकार , जुलन कालिकिते , राम नारायण शाह , मोहन तिम्सिना , बिराज राज खनाल , राजेश श्रेष्ठ , मणि भुजेल , शम्भु मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ | यस गीतको म्युजिक भिडियोलाई इडीटिङ्ग गर्ने काम भने टेकेन्द्र शाहले गर्नु भएको छ | गीतको म्युजिक भिडियोको पोखरा र धरान स्थित भेडेटारमा छायांकन गरिएको छ |
suman-shrestha
suman-shrestha
निकै लामो समय देखि नेपाली गीत संगीतको पुजारी भएर अगाडी बढ्दै यहाँ सम्म आइपुगेका गायक सुमन श्रेष्ठ (संगम) एक कुशल इन्जिनियर पनि हुन् | उनि धरान बसोबास गर्दछन् र आफ्नो काम तथा व्यवसाय पनि उतै नै रहेको छ | तर आफु इन्जिनियर क्षत्रमा रहे पनि आफ्नो सानै देखिको नेपाली गीत संगीत प्रतिको लगावलाई उनले कायम नै राखेका छन् | उनले यो भन्दा अगाडी निकै राम्रा राम्रा गीतहरु दर्शकहरुको माझमा प्रस्तुत गरिसकेका छन् | उनको पछिल्लो पटक मात्र “धागो चर्खा” बोलको गीत सार्वजनिक भएको थियो जसलाई अत्याधिक दर्शकहरुले मन पराई दिनुभएको छ | आफु जुनसुकै काममा आबद्ध भए पनि नेपाली गीत संगीत भने हाम्रो पहिलो प्राथमिकतामा पर्ने दाबी उनि गर्दछन् |
suman-shrestha
suman-shrestha
नेपाली गीत संगीत आफ्नो नशा नशामा बसेको कुरा उनले उल्लेख गरेका छन् | गायन मात्रै नभएर अरु पनि थुप्रै प्रतिभाका धनि उनले नेपाली कला क्षत्रमा दोस्रो पाईला निर्देशन मार्फत अब राख्ने तयारीमा छन् | गायनबाट मात्र नभई निर्देशनबाट नेपाली दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | अब आउने क्रममा रहेको उनको गीत निकै राम्रो रहेको र निर्देशनमा केहि फरक र नौलो पन दिने प्रयास आफुले गरेको बताएका छन् | गीतलाई सामान्य तरिकाले तर एकदमै पारदर्शिताका साथमा दर्शकहरुको सम्क्षे प्रस्तुत गर्न लागेको कुरा उनले उल्लेख गरेका छन् |
suman-shrestha
suman-shrestha
suman-shrestha
नेपाली गीत संगीतमा लागिसके पछि यसलाई निरन्तरता दिने धेरै कलाकारहरु असमर्थ देखिनछन् | तर गायक सुमन श्रेष्ठ (संगम) ले भने बखुबी यस क्षत्रमा आफ्नो पाईला निरन्तर रुपमा अगाडी बढाई रहेका छन् | उनि निकै सक्रिय भएर यस क्षत्रमा लागिरहेका छन् | उनको एक पछि अर्को धमाकेदार प्रस्तुतिले निकै तिब्र रुपमा नेपाली दर्शकहरुको मन पनि जिती रहेको अवस्था छ | गायन संगै निर्देशनलाई पनि उनले बराबर हिसाबमा अगाडी बढाउने बताएका छन् | आफु भित्र रहेको प्रतिभालाई सहि सदुपयोग गर्ने र दर्शकहरुलाई राम्रो भन्दा राम्रो प्रस्तुति दिने कोसिस सधैब आफ्नो रहने कुरा उनले उल्लेख गरेका छन् | भोलिको दिनमा जस्तो सुकै समस्याहरु आईपरेपनि सबै समस्या तथा कठिनाईको सामना गरि अगाडी बढ्ने र कहिले पनि हार खाएर पछि नहट्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | दर्शकहरु आफ्नो लागि भगवानको स्वरुप रहेको र उहाहरुको चाहना र रोजाई नै आफ्नो सधैको प्रयास रहने पनि उनले बताएका छन् | आफ्नो गायनको प्रस्तुति जस्तै निर्देशनको यो पहिलो प्रयासलाई पनि सबैले मनपराई दिनु हुने आशाको साथमा उनले जहाँ रहे पनि सधैब नेपाली गीत संगीत सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण दर्शकहरुलाई हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् |

Leave a Reply

%d bloggers like this: