Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
पुराना माहिर कलाकारको रुपमा परिचित दिनेश शर्मा अब धेरै पछि दर्शकहरु माझमा नया अवतारमा आउने भएका छन् | प्रशंग हो चलचित्र “दिल बिचारा” को जसलाई रन्जित राना मगरले निर्देशन गर्ने भनिएको छ | चलचित्रको राजधानीमा एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको हो | चलचित्रको निर्माता तथा कथाकार मदन ताम्राकार रहेका छन् |
माया प्रेमको कथामा केन्द्रित रहेर निर्माण हुने भनिएको यस चलचित्रमा दिनेश शर्मा , सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ |
चलचित्रको छायांकन दिव्य सुवेदीले गर्नेछन् भने चलचित्रमा टंक बुढाथोकीको संगीत र शंकर महर्जनको द्वन्द्व समावेश रहने छ | चलचित्र कहिले देखि फ्लोरमा जाने भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन |

Leave a Reply

%d bloggers like this: