Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
हरेक क्षत्रमा प्रवेश गर्नको लागि धेरै मान्छेहरुलाई प्रेरणाको खाँचो हुन्छ | अझै भन्नु पर्दा नेपाली कला साहित्य क्षत्रमा झन् हामी अधिक व्यक्तिहरुको कसै न कसैको प्रेरणा र हौसला अनि साथले अगाडी आएको पनि देख्न सक्दछौ | यसै बिचमा अब चाडै नै २ दुई नवोदित प्रतिभाशाली कलाकारहरुको नेपाली गीत संगीत क्षत्रमा प्रवेश हुदैछ | यी दुई व्यक्तिहरुको नाम हो रचनाकार दामोदर उप्रेती र गायक रघु धौराली | यी दुई व्यक्तिहरुलाई रचनाकार हरि उप्रेतीले यस क्षत्रमा आउन बाटो सहज बनाउदै हुनुहुन्छ | लामो समय देखि नेपाली गीत संगीतको सर्जक भएर अगाडी बढिरहनु भएको र नेपाली चलचित्र क्षत्र संग पनि अधिक मात्रामा भिझ्नु भएको उहाले आफ्नो प्रस्तुतिले धेरै दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाईसक्नु भएको छ | अब उहाले आफ्नो प्रयासले नेपाली गीत संगीतको विकास संगै २ प्रतिभावान व्यक्तिहरुलाई दर्शकहरुको माझमा लिएर आउने जमर्को गर्नु हुदैछ | रचनाकार हरि उप्रेतीको यस प्रयासमा संगीतकार विकास चौधरी र गायक पूर्ण राईले साथ दिदै हुनुहुन्छ |
raghu-dhaurali
पहिले कुरा गरौ हामी गायक रघु धौरालीको | उहा एक प्रतिभावान गायकको साथमा कुशल समाजसेवी पनि रहेर काम गर्दै आइरहनु भएको छ | सानै उमेर देखी गीत संगीतलाई माया गर्ने धौरालीले विभिन्न स्थानिय कार्यक्रममा आफ्ना प्रस्तुतीहरु दर्शकहरुको माझमा पेश गर्दै आइराख्नु पनि भएको छ | उहाको प्रस्तुतिलाई अधिक दर्शकहरुले रुचाएको कुरा हामी सामाजिक संजालहरुको माध्यमबाट पनि सजिलै थाहा पाउन सक्दछौ | राम्रो प्रतिभा हुदा हुदै पनि केहि कारण बस ओझेलमा पर्नु भएको उहाले अब चाडै नै सहि गन्तव्य तर्फ आफ्नो पाईला चल्ने क्रममा हुनुहुन्छ | आफ्नो लामो समय देखिको मेहेनत र इच्छा चाहनेले अब सहि रुप लिदा आफु निकै खुसि रहेको र दर्शक श्रोताहरुलाई सके सम्म खुसि बनाउने प्रयास आफुले सधैब गर्ने उहाले विश्वास ब्यक्त गर्नुभएको छ |
damodar-upreti
अब कुरा गरौ अर्का प्रतिभावान व्यक्ति रचनाकार दामोदर उप्रेतीको जसको प्रतिभाले अब अधिकतम दर्शकहरुको मनमा राज गर्ने तयारीमा रहेको छ | निकै लामो समय देखि यस नेपाली गीत संगीतमा मेहेनत गरिरहनु भएको र सहि समयलाई पर्खि रहनु भएको उहाले अहिले आएर भने आफ्नो प्रतिभाको प्रदर्शन गर्ने बाटो पाउनु भएको छ | अधिक सुन्दर रचना कोर्न सक्ने खुबी भएको जीवनको वास्तविकतालाई सहि ढंगले कलमको त्यो अक्षरमा कैद गर्न सक्ने क्षेमता भएका उहाले दर्शक श्रोताहरुको चाहनालाई मध्य नजर गरेर नै आफ्नो कलमको दिशा निर्देश गर्ने कुरा उल्लेख गर्नुभएको छ | दर्शकहरुले खोजेको र रोजेको जस्तो रचनाहरुको पूर्ति गर्नको लागि आफु सधैब डटेर लाग्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |
bikash-chaudhary
purna-rai
hari-upreti
भावना र प्रकृतीको सहजै ब्याख्या गर्न सक्ने नव गीतकार दामोदर उप्रेती र सुरिलो स्वर भएका गायक रघु धौरालीलाई शान्ती इन्टरटेनमेन्ट मार्फत रचनाकार हरि उप्रेति, गायक पूर्ण राई र संगीतकार चौधरीले बजारमा ल्याउन लागेका हुन । नया प्रतिभा र नया सोचको नेपाली गीत संगीतमा जरुरत रहेको हुनाले नै आफुहरुले यो प्रयास गर्न लागेको रचनाकार हरि उप्रेतीले बताउनु भएको छ | अब आउने उहाको कलेक्सन एल्बममा उहाको आफ्नै रचनाको साथमा गीतकार दामोदर उप्रेतीको रचना र विकास चौधरीको संगीतमा पूर्ण राई र रघु धौरालीले सुमधुर स्वर भर्ने छन् | एल्बममा फरक स्वाद रहने भएकाले सफलता प्राप्त गर्ने कुरामा रचनाकार हरि उप्रेती बिस्वस्त देखिनछन् | यसै गरि उनले आफ्नो यो प्रयासलाई सहि मुल्यांकन गरेर त्यहाँ रहेका कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्न आफु लगाएत आफ्नो टिमलाई हौसला प्रदान गरिदिनु हुन समस्त दर्शकहरुलाई हृदय देखि नै हार्दिक अनुरोध गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: