Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र निर्माण घोषणा गरेर फ्लोरमा गएको चलचित्र “दर्पण छाँया २” ले आफ्नो पहिलो पोस्टर तथा टिजर सार्वजनिक गरेको छ | धेरै बर्ष अगाडी निर्माण भएको चलचित्र “दर्पण छाँया” को सिक्वेलको रुपमा तयार भएको यस चलचित्रका निर्देशन पनि उही पुराना निर्देशक तुलसी घिमिरेले नै गरेका छन् | चलचित्रको नामकरणको हिसाबमा पुरानो “दर्पण छाँया” को सिक्वेल जस्तो भान भएता पनि चलचित्र भने नया शैलीमा तयार भएको उनले बताएका छन् |
चलचित्रमा समावेश कथा वस्तु देखि लिएर सबै कुरामा नया कुराको मिश्रण रहेको कुरा निर्माण पक्षेले दाबी गरेको छ | चलचित्र एक किसिमले संगीत मय रहेको कुरा पनि निर्माण पक्षेले उल्लेख गरेको छ | चलचित्रको सार्वजनिक टिजरमा चलचित्र माया प्रेमको साथमा पारिवारिक कथा भित्र बाधिएको महसुस हुन आउदछ | दर्शकहरुको टेस्टलाई बुझेर र अहिलेको युवा पिडिको चाहनालाई मध्य नजरमा राखेर चलचित्रको निर्माण गरिएको निर्देशक तुलसी घिमिरेले बताउनु भएको छ |
darpan-chhaya-2
सहारा फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा पुष्पल , सहारा , श्रद्धा प्रसाई , फिरोज तिमिल्सिना , शेर बहादुर गुरुङ , जीवन आचार्य , सुमन घिमिरे , तुफान घले , रोशी केसी , सरिना पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रका निर्माता तर्फ सबु गदाल कार्की र रवि कार्की रहेका छन् | चलचित्रका लेखन तथा निर्देशन तुलसी घिमिरेले गरेका छन् |
चलचित्रले फाल्गुन २७ गतेको लागि आफ्नो प्रदर्शन मिति तय गरेको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: