Sun. Jun 4th, 2023

मनोरंजनसंसार डटकम
पौष २९ को प्रदर्शन मिति तय केहि दिन अगाडी मात्रै आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको चलचित्र “कारखाना” ले आफ्नो पहिलो लिरिकल गीत युटुब मार्फत रिलिज गरेको छ | माया ले बोलेको बोलको यस गीतमा शब्द संगीत हर्कुलेस बस्नेतको रहेको छ भने सुगम पोखरेल र निकिता थापाले आफ्नो सुमधुर स्वर भरेका छन् | अहिलेको नेपाली दर्शकहरुको टेस्टलाई बुझेर गीतको निर्माण गरिएको छ |
डियु फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको कलाकारहरुको अभिनय रहेको छ | दयाराम दाहाल, सुशिल पोखरेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको चलचित्रमा निरज कंडेलको छायांकन रहेको छ | चलचित्रको निर्माता तर्फ भने सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्का रहेका छन् | चलचित्रको लेखन तथा निर्देशन अमरद्विप सापकोटाले गरेका छन् | त्यसै गरि चलचित्रमा चन्द्र पन्तको द्वन्द्व र कविराज गहतराजको नृत्य समावेश रहेको छ |
चलचित्रमा नेपाली समाजको कथा बस्तुलाई निकै सुन्दर ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ | प्रेम , एक्शन , कमेडी र पारिवारिक कथालाई केन्द्र बिन्दु बनाएर चलचित्रको निर्माण गरिएको छ | चलचित्रको गीत संगीत पनि निकै राम्रो बनेको छ | चलचित्रको कथा बस्तु र समावेश प्रस्तुतिले सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता सुदिप खड्काले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरक जिम्मा गोबिन्द शाहीले लिनु भएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: