Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रको धेरै कुरामा परिवर्तन भएर आइसकेको छ | कलाकारदेखि चलचित्रको कथा बस्तु प्रस्तुति र अन्य थुप्रै कुरामा अहिले विकास भईसकेको छ | अहिलेको समयमा दर्शकहरुको टेस्ट पनि भिन्न भैसकेको छ | अहिलेको नया कलाकारहरु पनि निकै मेहेनती र सक्रिय भएर लागिरहेको हामी देख्न सक्दछौ | थुप्रै नया कलाकारहरुको आगमन भयो तर अधिकांश यो क्षत्रबाट निकै छोटो समयमा पलाएन समेत हुन पर्यो | दर्शकहरुले केहि कलाकाहरुको प्रतिभालाई मात्र सहि मुल्यांकन गरेर अगाडी बढ्ने हौसला प्रदान गरे | यहि कलाकारहरु मध्यको एक कलाकार हुन् राजु लामा | उनलाई उनको नामबाट धेरै कमले मात्र ठम्याउने सक्छन होला तर उनलाई अधिकांशले “सोनाम ताशी” को नाम बाट चिन्ने गर्दछन् जुन नाम उनले उनको पहिलो डेब्यु चलचित्र “होस्टेल” बाट पाएका हुन् | चलचित्र “होस्टेल” सर्भादिक सफल चलचित्रको सुचिमा पर्यो र त्यो संगसंगै चलचित्रमा राजु लामाको अभिनयलाई दर्शकहरुले सहि ढंगले आत्मसाथ गरे |
raju-lama2
उनको यस नेपाली चलचित्र क्षत्रको यात्रा धेरै लामो समय देखिको रहेको छ | म्युजिक भिडियो देखि आफ्नो प्रतिभाको चमत्कार देखाउन सुरु गरेका उनले आफ्नो कुशल अभिनयका कारण निकै कम समयमा रजतपटमा पाईला राख्ने मौका पाए | उनको मेहेनत र यस क्षत्र प्रतिको इच्छा चाहना र लगावले उनलाई आज यो स्थान सम्म लिएर आयो | निकै शान्त स्वभावको आचरण भएका उनि सबै संग निकै सहज रुपमा प्रस्तुत हुन्छन | उनि नेपाली चलचित्र क्ष त्रको अहिलेको समयमा एक प्रतिभाशाली कलाकारको रुपमा स्थापित रहेका छन् | उनले आफ्नो पहिलो चलचित्र “होस्टेल” मा गरेको अभिनयले अधिकांश दर्शकहरुको मनमा ठाउँ पाएको छ | पहिलो पाईलामा नै सफलताको शिखर चुमेका उनले दर्शकहरुको माया र सम्मानलाई सधैब बचाई राख्ने प्रतिबद्धता जाहेर गरेका छन् |
rajulama3
आफ्नो पहिलो चलचित्रको सफलता पछि उनले थुप्रै चलचित्रहरुबाट प्रस्ताव पाए तर उनले केहि चलचित्रमा मात्र आफ्नो उपस्थिति जनाए | राम्रो र उत्कृष्ट कथा बस्तु र आफुलाई सुहाउने र चित्त बुज्ने र दर्शकहरुको हेराई अनुसारको भूमिका नआएको हुनाले धेरै चलचित्रलाई उनले अस्विकार गरेको उनले बताएका छन् | अब उनको नया चलचित्र “डायरी” दर्शकहरु माझ आउने तयारीमा रहेको छ | चलचित्रको अहिले अन्तिम चरणको छायांकन भैरहेको छ | यस चलचित्रमा उनि डेनी नामक पात्रको भूमिका देखिदै छन् | चलचित्रमा आफ्नो सकारात्मक भूमिका रहेको र दर्शकहरुलाई यसपटक पनि आफ्नो भूमिका मन पर्ने विश्वास उनले ब्यक्त गरेका छन् | चलचित्रमा उनि संगै रेखा थापा , कुशल विष्ट, दीनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तमाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रका लेखक छेतेन गुरुङ रहेका छन् भने चलचित्रलाई अनिल योञ्जनले निर्देशन गरेका छन् | चलचित्रका नायिका तथा निर्मात्री छुल्थिम गुरुङ रहेकी छिन् | चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमान विक्रम शाह र मनास राजको संगीत र प्रविण श्रेष्ठको सम्पादन समावेश रहेको छ |
raju-lama
चलचित्रका बिषयमा बोल्दै राजु लामाले आफुले यस चलचित्रमा पनि आफ्नो तर्फबाट आफुले पाएको भूमिकालाई पुरा न्याय गर्ने कोसिस गरेको उल्लेख गरेका छन् | उदाउदो स्टारको रुपमा रहे पनि अहिले यति बेला नेपाली चलचित्र क्षत्रमा उनको अधिक माग रहेको छ | तर आफुलाई सन्तुष्टि नमिले सम्म कुनै पनि चलचित्रको कथालाई आफुले स्वीकार नगर्ने उनको भनाई रहेको छ | दर्शकहरुको आफु प्रति ठुलो विश्वास रहेको र त्यो विश्वासलाई आफुले सधै कायम राख्ने कुरा उनले प्रस्ट पारेका छन् | त्यसै गरि उनले सम्पूर्ण बिस्वभरिको जुन सुकै कुनामा रहनु भएका नेपाली दर्शकहरुलाई हृदय देखि नै तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् | यस्तै उनले जहाँ रहे पनि नेपाली चलचित्रलाई हेरेर माया र सम्मान गरि त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो नया कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुने बिनम्र अनुरोध गरेका छन् |

Leave a Reply

%d bloggers like this: