Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता अजय देवगनले आफ्नो आउने लागेको फिल्म “शिवाय” को एक शो को पुरा कमाई उरी हमलामा शहीद भएका जवानोको परिवारलाई दिने निर्णय गरेका छन् | मिडिया रिपोर्टको अनुसार अभिनेता अजय देवगनले भने “शिवाय को रिलीज डेटको जुन सबै भन्दा ठुलो शो हुन्छ त्यसको पुरा कमाई उरी हमलाको पिडित परिवारलाई दिईनेछ |” त्यसै गरि उनले फिल्मको पहिलो दिनको सबै शो को जानकारी दिन सबै डिस ट्री ब्यूटरलाई निर्देशन समेत दिइसकेका छन् | प्राप्त जानकारीको आधारमा जुन शो मा सबैभन्दा धेरै कलेक्सन भएको छ त्यसको सबै कमाई उरी हमलाको पिडित परिवारलाई दिइने उनले बताएका छन् |
ajay-devgn-shivaay
अजयले “शिवाय” मा अभिनयको साथमा निर्देशन र सह-निर्माण समेत गरेका छन् | यो फिल्म तिहारको अवसर पारेर २८ अक्टुबर देखि प्रदर्शनमा आउदै छ | अजय संगै फिल्ममा साय्येशा सैगल, वीर दास र गिरीश कर्नाड जस्ता कलाकारहरु मुख्य भूमिकामा रहेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: