Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
धेरै समय देखि सबैले पर्खि रहेको बलिउड फिल्म “दंगल” को ट्रेलर सार्वजनिक भएको छ | मिस्टर परफेक्शनिस्टको नामबाट परिचित सुपरस्टार आमिर खानको प्रोडक्सन हाउसमा निर्माण भएको चलचित्रका निर्देशक नितेश तिवारी रहेका छन् | त्यस्तै किरण राव , आमिर खान र सिद्धार्थ रोय कपुरको लगानीमा तयार भएको यस फिल्ममा आमिर खान , साक्क्षि तन्वर , फातिमा सना शेख , सान्या मलहोत्रा , जैरा वासिम , सुहानी भट्नागर लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको लेखनको काम भने नितेश तिवारी , श्रेयस जैन , पियुष गुप्ता र निखिल मेह्रोत्रा रहेका छन् | फिल्मा अमिताभ भट्टाचार्यको शब्द प्रितमको संगीत र शाम कौशलको द्वन्द समावेश रहेको छ |
सार्वजनिक फिल्मको ट्रेलरमा आमिर खानलाई २ छोरीको भूमिकामा देखाइएको छ | छोराले मात्र हैन मौका मिल्यो भने र साहस र भरोसा भयो भने छोरीले पनि छोरा बराबरको काम गर्न सक्छ भन्ने कथामा फिल्मको सबैकुरा घेरिएको देखिन्छ | ट्रेलर हेरेर दर्शकहरुलाई फिल्म हेर्न हल सम्म जानको लागि फिल्मको प्रदर्शन मितिको पर्खाई हुनेमा कुनै दुईमत छैन | ट्रेलरमा एक्शनको बेजोड तरिकाहरु हामी देख्न सक्दछौ |
फिल्ममा रेस्लिङ्गको दुनियाको कथा बस्तु जोडिएको छ | गाऊ देखि अन्त रास्ट्रिय स्तर सम्मको रेस्लिङ्गको दृश्यहरुको अबलोकन गर्ने मौका दर्शकहरुले पाउनु हुनेछ | त्यसै गरि फिल्ममा समावेश डाइलगहरु यो भन्दा अगाडी आएको सलमान खानको चलचित्र “सुल्तान” लाई टक्कर दिने खालका रहेका छन् |
फिल्म डिसम्बर २३ बाट दर्शकहरु माझ प्रदर्शनमा आउनेछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: