Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा हरेक कुरामा युवा पुस्ताको पकड निकै बलियो छ | नेपाली गीत सांगीतिक क्षत्रमा पनि युवाहरुको सहभागिता अधिक हुन थालेको छ | अहिले सबै जसो गीतकार देखि गायक गायिका समेत युवा नै छन् | यस्तै नेपाली बाहिरबाट समेत नेपाली गीत संगीतमा नेपाली युवा पुस्ताले धेरै ठाउँ ओगट्न थालेको छ | यसै बिचमा देश देखि टाढा अमेरिकामा रहेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिदै आइरहेका एक युवा रचनाकार हुन् सौरव तिम्सिना |
निकै कम समयमा अधिकतम दर्शकहरुको मन जित्न सफल छन् उनका रचनाहरु | केहि समय अगाडी सार्वजनिक भएका उनको “पाउजु” एल्बममा समावेश “पाउजु” बोलको गीतले निकै राम्रो ख्याती प्राप्त गर्यो | त्यस पछि उनको अर्को सुन्दर रचना “मर्छु सजिलै” ले झन् अधिकांश दर्शकहरुको मनमा राज नै गर्यो | उनको यस्तै पृथक किसिमको रचनाहरुको कारणले उनले नेपाली दर्शकहरुको माझमा आफ्नो छुट्टै किसिमको पहिचान बनाइसकेका छन् |
sourav-timsina
अहिले दशैं तिहारको माहोल हामी माझमा रहेको छ | देशमा मात्रै नभएर देश बाहिर बिदेशमा समेत हाम्रो पर्बको रमझम निकै राम्रो हुने गर्दछ | यसै बिचमा क्यानाडामा गुल्प भुटानिज कम्युनिटीले २२ अक्टुबरमा आयोजना गर्न लागेको दशैं तिहार बिशेष संस्कृतिक कार्यक्रममा रचनाकार सौरव तिम्सिना समेत सहभागिताको लागि जादैछन् | कार्यक्रममा उहाले पनि आफ्नो बेजोड प्रस्तुति दर्शकहरु माझ राख्नु हुनेछ | उनको साथमा कार्यक्रममा नायक तथा गायक बाबु बोगटी र हास्य कलाकार गोपाल नेपालले समेत आफ्नो प्रस्तुति दर्शकहरुलाई देखाउने छन् | सबै नेपालीलाई एक ढिक्का बनाएर हाम्रो चाड पर्बको बेलामा रमाइलो गर्ने हिसाबमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाई रहेको छ |
दर्शकहरुको अधिक माया र साथले आफु आज यो स्थान सम्म आइपुगेको र उहाहरुको मायाले गर्दानै आफु यस किसिमको बृहत संस्कृतिक कार्यक्रममा सहभागी हुन लागेको कुरा रचनाकार सौरव तिम्सिनाले बताउनु भएको छ | आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीत रहेको र यसमा नै आफ्नो जीवन व्यतित गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | आफु यो क्षत्रबाट कहिले पनि पछि नहट्ने सधैब नेपाली दर्शकहरुलाई राम्रो राम्रो प्रस्तुति प्रदान गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | त्यसै गरि उनले क्यानाडामा हुन लागेको यो नेपाली संस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण दर्शकहरुलाई आग्रह समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: