Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
तिहारको छेस्को पारेर कार्तिक २६ गते प्रदर्शन मिति तोकेको चलचित्र “जंगबहादुरको कोट” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | अधिकांश छायांकन अस्ट्रेलियामा गरिएको यस चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् |
चलचित्रमा विमलेश अधिकारी, अनुप बराल, आलोक कार्की, विश्व वस्नेत, सुचित्रा आचार्य, सुभाङ्गी कोईराला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा योगेन्द्र खड्काको कथा , अस्ट महर्जनको द्वन्द , कालीप्रसाद बास्कोटाको र बिनोद घिमिरेको संगीत र गम्भीर बिष्टको नृत्य निर्देशन समावेश रहेको छ |
चलचित्रका निर्माता तर्फ प्रमोद कुमार खड्का र जयन खड्का रहेका छन् भने कार्यकारी निर्माता देवी शिवाकोटी खड्का हुन | चलचित्रका सह निर्माता तर्फ भने उमा खड्का भट्टराई र राजेश शिवाकोटी रहेका छन् |
चलचित्रको सार्वजनिक ट्रेलरमा जंगबहादुर राणाको कोटको कथालाई समावेश गरिएको छ | त्यही कोटको रहस्यमा नै चलचित्रको कथा बस्तु केन्द्रित गरिएको छ | चलचित्रले एक्शन , प्रेम र रोमान्सलाई पनि जोड दिएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: