Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्रमा बाहिरी देशका व्यक्तिहरुको संलग्नता केहि हिसाबले बढ्न थालेको छ | यसै बिचमा बलिउड फिल्म निर्देशक विवेक शर्माले अब नेपाली चलचित्रको निर्देशन गर्ने भएका छन् | निर्माता निर्देशक तथा अभिनेता रोज राणाको लगानीमा तयार हुन लागेको चलचित्र “मेरो पैसा खै” को निर्देशन अब विवेक शर्माले गर्ने तय भएको छ | राजधानीमा मंगलबार आयोजित एक कार्यक्रम बिच रोज राणाले आफ्नो यो नया चलचित्रको घोषणा गरेका हुन् | उनको पछिल्लो पटक “जय परशुराम” चलचित्र दर्शक माझ प्रदर्शनमा आएको थियो | चलचित्रले दर्शकहरुको निकै नै राम्रो प्रतिक्रिया समेत बटुल्न सफल भएको थियो |
त्यस्तै निर्देशक विवेक शर्माको बारेमा कुरा गर्नु पर्दा उनि वलिउडका चर्चित र अब्बल निर्देशक मध्यका एक हुन् | उनले वलिउडका सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानलाई फिल्म “भुतनाथ” मा एक्शन कट गरिसकेका छन् | उनले मंगलबार मिडिया संग बोल्दै भने पैसाले मान्छेको जीवनमा पर्ने उथलपुतल नै चलचित्रको मुख्य बिषय बस्तु रहेको छ |
कमेडी जेनेरमा तयार हुने भनिएको यस चलचित्रको कलाकारहरुको बारेमा भने अहिले कुनै खुलासा गरिएको छैन | त्यस्तै निर्माता रोज राणाको भनाई अनुसार उनले कलाकार छनोटको काममा आफ्नो कुनै हस्तक्षेप नहुने बताएका छन् | उनले सबै काम निर्देशक विवेक शर्माको काधमा रहेको कुरा समेत उल्लेख गरेका छन् |
mero-paisa-khai
मल्टिपल लोकेशनमा खिचिने भनिएको चलचित्रमा नेपाल र भारत दुबैतिरका दृश्य समावेश हुने जानकारी निर्माण पक्षेले दिएको छ । भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा र काठमाडौंमा चलचित्रको छायांकन हुनेछ |
यस्तै निर्देशक शर्माले फिल्म ११ भाषामा डबिङ भई भारत र नेपालमा एकसाथ प्रदर्शनमा ल्याउने बताएका छन् । उनका अनुसार फिल्म नेपाली भाषा सँगै हिन्दी, फ्रेञ्च, जर्मन, तामिल, अंग्रेजी लगायतका ११ भाषामा डबिङ भई दर्शकमाझ आउने छ । फिल्म केहि महिनापछि फ्लोरमा जाने बताईएको छ ।
निर्देशक शर्मा पछिल्लो पटक बलिउड प्रोजेक्ट “बुद्धम शरणम गच्छामी” को तयारीमा व्यस्त छन् । यो फिल्ममा सुपरस्टार अमिताभ बच्चन नै लिड अभिनयमा रहने बताईएको छ । शर्माले “कल किस्ने देखा” नामको फिल्म पनि यसअघि नै निर्देशन गरिसकेका छन् भने वलिउडका माथि उल्लेखित दुई र अर्को “लभ यू हमेशा'” नामको फिल्मको उनी कथा लेखक पनि हुन् । आफुले पहिलो पटक नेपाली चलचित्रको निर्देशन गर्न लागे पनि आफुले आफ्नो तर्फबाट चलचित्रलाई सक्दो न्याय दिने प्रयास गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: