Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली कांग्रेस निकट नेविसंघका बरिष्ट युवा नेता राजेश ज्ञवाली आज चीनको क्वान्दो सेनचेन स्थित बिहारमा भगवान बुद्धको आयोजित पुजामा सहभागी हुनको लागि चीन तर्फ प्रस्थान गर्नुभएको छ | उहा सहितको ९ जनाको टोली आज बिहान त्यस स्थान तर्फ प्रस्थान गर्नुभएको हो | नेपाली कांग्रेसमा धेरै लामो समय देखि निकै अग्रसर भएर लागि पर्नु भएको उहाले नेपाली समाज र देश विकासको लागि धेरै योगदान दिनुभएको छ |
आफ्नो लामो समय नेपाली राजिनितिको संघारमा ब्यक्तित गर्नुभएको उहाले निस्वार्थ रुपमा काम गरिरहनु भएको छ | देशको समस्या हामीले आफ्नै तह र निकायबाट समाधान गर्न सक्दछौ भन्ने विश्वासका साथ उहाले देश र समाजको विकासको निमित्त धेरै प्रयासहरु गरिसक्नु भएको छ | कपिलवस्तुको तौलीहवा घर भई त्यहि रहेर आफ्नो राजनीति जीवन सुरु गरेको उहाले स्थानीय निकायबाट नै धेरै सहयोगी कामहरु गरेर जनताका मन जिती सक्नु भएको छ |
काम गर्नको लागि कुनै पदमा नै रहनु पर्ने जरुरी नरहेको ज्वलन्त एक उदहारण उहा पनि हुनुहुन्छ | त्यसै गरि हाम्रो देशको कला संस्कृति र धर्मको संरक्षण गर्नुपर्छ भन्ने मुल नाराका साथ अगि बढ्नु भएको उहाले धेरै समय देखि नेपालित्वोको मौलिकताको बिषयमा समेत आवाज उठाईरहनु भएको छ | आफ्नो कर्तव्य र जिम्मेवारीबाट आफु कहिले पनि पछि नहट्ने र देश र समाज विकास र परिवर्तनको लागि सधैब निष्ठावानको साथमा लागिपर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: