Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली चलचित्रले नेपालमा मात्र नभएर नेपाल बाहिर बिदेशमा समेत आफ्नो बजार विस्तार गरेको छ | अहिले नेपाली चलचित्रको बिशेष प्रदर्शनीको क्रम देश भन्दा देश बाहिर निकै नै तिब्र रुपमा हुने गरेको छ | यसै गरि ‘युएई’ (संयुक्त अरब ईमिरेट्स) मा समेत अब नेपाली चलचित्रले आफ्नो बजार विस्तार गरेको छ | कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स कम्पनिको प्रस्तुतिमा अब यस देशको ९ सहरमा नेपाली चलचित्रको प्रदर्शनी हुनेछ | प्राप्त जानकारी अनुसार युएईमा अब नियमित रुपमा बिहीबार, शुक्रबार र शनिबार नेपाली चलचित्र प्रदर्शन हुनेछ |
यस किसिमको नेपाली चलचित्रको प्रदर्शनीको थालनीको लागि आयोजना भएको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत नेत्र टन्डन , चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो | भोक्स फिल्म हलको सिन्धगा सिनेमा हल बरदुवइमा भएको कार्यक्रममा युएईमा क्रियासिल नेपाली संघ संस्था सम्बद्ध व्याक्तिहरु सञ्चारकर्मी तथा फिल्म प्रेमीहरुको बाक्लो उपस्थिति देखिएको थियो |
bir-bikram
युएईमा सुरु भएको यो नेपाली चलचित्रको बजार विस्तारको सुरुवात भने सुपरहिट चलचित्र “वीर विक्रम” बाट भएको छ | निर्देशक तथा निर्माता मिलन चाम्सले निर्माण गरेको उक्त चलचित्र हेर्न युएईमा दर्शकहरुको ठुलो भिड देखियो | चलचित्रले सफल रुपमा हाउसफुल शो गरेको छ | चलचित्रले भर्खरै मात्र नेपालमा ५१ दिनको आकडा पार गरिसकेको छ | चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ |
bir-bikram
चलचित्र हेरिसकेपछि बाहिर निस्केका दर्शकहरुले चलचित्र खुलेर प्रशंसा समेत गरेका छन् | बिदेशमा बसेर समेत निकै राम्रो नेपाली चलचित्र हेर्न पाउदा आफुहरुलाई अति खुशी मिलेको कुरा दर्शकहरुले बताउनु भएको छ | त्यस्तै उपस्थित दर्शकहरुले चलचित्र कलाकार संगै चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सको उत्कृष्ट कामको खुलेर तारिफ गर्दै उहालाई बधाई समेत दिएका छन् |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: