Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नायिका निर्देशक तथा निर्माता रेखा थापाले आफ्नो नया चलचित्र “कसले चोर्यो मेरो मन फेरी” निर्माणको घोषणा गरेकी छिन् | उनको यस चलचित्रको निर्देशन सबिर श्रेष्ठले गर्नेछन | चलचित्रले आउदो बर्षको दशैं छेकोमा प्रदर्शनको संकेत गरेको छ | चलचित्र माघको महिना देखि छायांकनको लागि जाने कुरा निर्माण पक्षेले बताएको छ |
चलचित्रको नायक र अरु कलाकारहरुको बारेमा भने कुनै पनि खुलासा भएको छैन | पहिलेको चलचित्र “कसले चोर्यो मेरो मन” मा रेखाको अपोजिटमा नायक आर्यन सिक्देल रहेका थिए | तर यस पटक भने उनको ठाउँ अर्का नायकले लिनेछन् | नायकको अहिले खोजि भईरहेको जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रमा रहेको भूमिकामा उपयुक्त भए नया तथा पुराना कुनै पनि नायकले काम गर्न सक्ने कुरा निर्माण पक्षेले प्रस्ट पारेको छ |
चलचित्रको कथा बस्तु निकै नै उत्कृष्ट रहेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास नायिका रेखा थापाले ब्यक्त गरेकी छिन् | सधै जस्तै यस पटक पनि दर्शकहरुलाई आफुहरुले निराश नपार्ने प्रतिबद्धता समेत उनले जाहेर गरेकी छिन् |

Leave a Reply

%d bloggers like this: