Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र नेपाली चलचित्र क्षत्रमा आफ्नो निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र “भैरव” मार्फत कम्ब्याक गरेका नायक निखिल उप्रेतीले आफ्नो अर्को नया चलचित्र “रुद्र” को घोषणा गरेका छन् | आफ्नै निजी व्यानर दि निखिल उप्रेती प्रोडक्शनको प्रस्तुति रहेको यस चलचित्रको निर्देशन भने रामजी लामिछानेले गर्नेछन् |
नायक निखिल उप्रेतीको अनुसार चलचित्रमा स्वयम उनकै लगानी रहने छ | यस चलचित्र मार्फत उनले २ नव कलाकारहरुलाई डेब्यु गराउदै छन् | चलचित्रमा निखिल खल नायकको भुमिकामा रहनेछन् भने लिड अभिनेतामा नयाँ अनुहार मोडल विश्व शर्मालाई उनले आफ्नो यस चलचित्र मार्फत डेब्यू गराउदैछन् । यस्तै अभिनेत्रीमा पनि युके बस्दै आएकी चार्टर्ड अकाउण्टेनकी विधार्थी साराले यसै फिल्मबाट डेब्यू गर्ने भएकी छिन् । निखिलले आफुलाई खलपात्रहरु मन पर्ने हुनाले पनि पहिलो पटक भिलेनको रुपमा आफु अगाडी आउन लागेको बताएका छन् | चलचित्रको गीत संगीत पक्षे पनि निकै दरिलो रहेको कुरा समेत उनले प्रस्ट पारेका छन् |
rudra
एक्शन लभस्टोरी जनरामा तयार हुन लागेको यस चलचित्रको छायांकन मुस्ताङको जोमसोमसँगै कर्णाली, कोहलपुर र नारायणघाटमा हुने कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | चलचित्रमा निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय रहनेछ । हिमाल केसीको द्वन्द्व रहने चलचित्रमा मुख्य सहायक निर्देशक तर्फ रामशरण पाठक रहेका छन् |
चलचित्रमा सौरभ लामाको छायांकन , मिलन लामाको प्रोडक्शन डिजाईन र वनिस शाहको सम्पादन समावेश रहने छ | चलचित्र आउदो बर्षको श्रावणमा प्रदर्शन हुने कुरा निर्माण पक्षेले बताएको छ |

Leave a Reply

%d bloggers like this: