Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
आशिष भेटवालद्वारा निर्देशित चलचित्र “जंगबहादुरको कोट” ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ | चलचित्र कार्तिक २६ देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ | चलचित्रका निर्माता जयन खड्का रहेका छन् | चलचित्रमा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
चलचित्रको नामले जंगबहादुरको कथाको अनुभूति गराउने भए पनि चलचित्रमा भने उहाको कुनै कथा समावेश नगरिएको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | प्रदर्शन मिति घोषणा संगै चलचित्रले आफ्नो प्रोमोशन समेत तिब्र पार्दै लगिरहेको छ | चलचित्रमा समावेश एक गीतमा हामी अभिनेत्री नन्दिता केसीले आइटम डान्स गरिरहेको देख्न सक्छौ | चलचित्रको कथा बस्तु सस्पेन्स थ्रिलरमा केन्द्रित रहेको कुरा समेत निर्माण पक्षेले उल्लेख गरेको छ |

Leave a Reply

%d bloggers like this: