Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
namaste-nepal
केहि समय अगाडी मात्रै नेपालमा आफ्नो सफल प्रदर्शन गरिसकेको चलचित्र “नमस्ते नेपाल” ले युकेमा आफ्नो बिशेष शो को प्रदर्शनी गरेको छ | चलचित्रले १३ अक्टुबरमा आसफोर्ड केन्ट स्थित फ्रान्सिस चर्च हलमा र १६ अक्टुबरमा फार्न्बर्गमा आफ्नो बिशेष शो को प्रदर्शनी गरिसकेको छ | त्यस्तै अब चलचित्रले २३ अक्टुबरमा वेम्ब्लीमा आफ्नो बिशेष शो गर्ने तयारीमा रहेको छ | यसै गरि चलचित्रले स्कटल्याण्डमा समेत ६ नोवेम्बेरमा आफ्नो बिशेष शो प्रदर्शन गर्ने भएको छ | चलचित्रले नेपालमा प्रदर्शनीको क्रममा निकै राम्रो दर्शकहरुको साथ पाएको थियो | युकेमा आयोजित उक्त बिशेष शो प्रदर्शनीमा कलाकार गोपाल ढकाल , श्याम श्रेष्ठ संगै निर्देशक राजु शाहको पनि उपस्थिति रहेको थियो | चलचित्र हेरिसकेपछि दर्शकहरुको प्रतिक्रिया निकै नै राम्रो रहेको कुरा कलाकार श्याम श्रेष्ठले बताउनु भएको छ | बिदेशमा बसेर समेत यसरी नेपाली चलचित्र हेर्दा आफुहरु नेपालमै रहेको महसुस आफुहरुले गरेको कुरा उपस्थित दर्शकहरुको भनाई रहेको थियो | चलचित्रको युके प्रदर्शनीको कोओर्डीनेटरको जिम्मा भने सबै सनम कुमार बैरागीले लिनुभएको छ |सबै छायांकन युरोपमा भएको यस चलचित्रमा हामी बिदेशी कलाकारहरुको समेत कुशल अभिनय देख्न सक्दछौ | चलचित्रले नेपालको कला संस्कृति र नेपाली सामाजिक परिवेशको कथालाई निकै सुन्दर ढंगमा दर्शकहरु माझ प्रस्तुत गर्न खोजेको छ |
namaste-nepal
namaste-nepal
द्वारिका उदय प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रका लेखन तथा निर्देशन राजु शाहले गरेका हुन् | त्यस्तै चलचित्रका निर्माता तर्फ भने प्रदिप कुमार उदय , मन्दिरा श्रेष्ठ र श्रीजु शाह रहेका छन् | चलचित्रमा नायक सबिन श्रेष्ठ ,आना कलानडाडजे ,श्याम श्रेष्ठ ,गोपाल ढकाल , म्युजिका खड्का, अनुजा प्रधान , सनम बैराग , नरेन्द्र थापा , कमला दाहाल , पार्वती अधिकारी , बोन्ड , जोन लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा दिब्य सुबेदी ,बसन्त सापकोटा ,ओम सुनारको संगीत समावेश रहेको छ | त्यस्तै चलचित्रमा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: