Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
तिहारको छेको पार्दै कार्तिक २६ गते प्रदर्शन मिति तय गरेको चलचित्र “जात्रा” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ | चलचित्रले केहि समय अगाडी मात्र आफ्नो पहिलो टिजर सार्वजनिक गरेको थियो | चलचित्र अहिले सार्वजनिक ट्रेलर हेर्दा चलचित्रमा पैसाको माया मोह , त्यसको आवस्यकता र त्यसले निम्ताउने समस्याको बारेमा चित्रण गरेको देखिन्छ | चलचित्रको ट्रेलर निकै उत्साहित पाराको रहेको छ |
jatra
शत्कोन आर्ट्स प्रोडकसनको ब्यानरमा प्रदीप भट्टराईको प्रस्तुति रहेको चलचित्रमा बिपिन कार्की , रबिन्द्र सिंह बानिया , रबिन्द्र झा , वर्षा राउत , प्रेच्या बज्राचार्य , प्रकाश घिमिरे , प्रवीन खतिवडा , कमलमणि नेपाल , भोलाराज सापकोटा , नीलकाजी शाक्य , साजन थापा मगर , प्रियंका झा , सुरेश कार्की , सफर पोखरेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता तर्फ सिंगे लामा र यादव पौडेल रहेका छन् | त्यस्तै रबिन्द्र सिंह बानिया चलचित्रका कार्यकारी निर्माता रहेका छन् | चलचित्रका लेखक निर्देशक प्रदीप भट्टराई रहेका छन् | चलचित्र “जात्रा” ले अब दर्शक माझ कस्तो जात्रा देखाउने हो त्यो भने समयले बताउने छ |
हेर्नुस टिजर :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: