Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र निर्माण घोषणा गरिएको र अहिले छायांकनको क्रममा सिन्दुलीको निबुवाटार र सातपत्रे गाउँमा रहेको चलचित्र “घामपानी” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्रले आउदो बर्ष २०७४ साल बैशाख १ गतेका दिन चलचित्र देशभरका हलहरुबाट एकै साथ प्रदर्शनमा आउने कुराको खुलासा गरेको छ | संयोग बस त्यसै दिन चलचित्रका लिड नायक दयाहाङ्ग राईको जन्म दिन समेत परेको तथ्य कुरा बाहिर आएको छ |
ghampani
नया बर्ष सबैको लागि नै राम्रो र शुभ दिन भएको हुनाले खुसीको आरम्भ गरेर चलचित्रको प्रदर्शन त्यहि दिनबाट सुरु गरिने जानकारी निर्देशक दिपेन्द्र लामाले दिएका छन् | सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनक विक्रम कडेल, ओमचन्द रौनियार र विश्व गौचनको लगानी रहनेछ । कालिप्रसाद बाँस्कोटा र चन्द्र कुमार दोङको संगीत रहने यस चलचित्रमा सैलेन्द्रध्वज कार्कीले छायांकन गर्नेछन् | चलचित्रको स्क्रिप्ट लेखक निर्देशक दिपेन्द्र लामा हुन् भने रामबाबु गुरुङ स्क्रिप्ट कन्सल्ट्यान्ट हुन् |
ghampani
चलचित्रमा नायक दयाहाङ्ग राई र नायिका केकी अधिकारी मुख्य भूमिकामा देखिदैछन् | चलचित्रमा यी दुई संगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायतका कलाकाहरुको अभिनय रहने छ | चलचित्रको कथा बस्तु नेपाली सामाजिक बातावरणको सेरोफेरोमा घुमेको कुरा निर्देशक दिपेन्द्र लामाले बताउनु भएको छ | चलचित्रमा दयाहाङ्ग तामाङ्गको छोराको भूमिकामा र केकी ब्राहमणको छोरीको भूमिकामा देखिदैछिन् | यी दुई बिचको अन्तरजातिय प्रेम सम्बन्ध र त्यस बखतमा उत्पन्न हुने समस्या र कलहको घेरा भित्र चलचित्रको बिषय बस्तु केन्द्रित रहेको कुरा पनि निर्देशक लामाले जानकारी दिएका छन् |
चलचित्रको अहिले सिन्धुलीमा धमाधम छायांकन भैरहेको छ | यसै बिचमा चलचित्रको छायांकनको केहि तस्बिरहरु समेत बाहिर सार्वजनिक भएको छ | सार्वजनिक तस्बिरमा चलचित्र सस्पेन्स जेनेरमा तयार हुदै गईरहेको महसुस हुन्छ | सार्वजनिक तस्बिरमा नायक दयाहाङ्ग राई निकै सोझो चरित्रमा देखिएका छन् भने नायिका केकी अधिकारी भने अलि चुलबुले चरित्रमा देखिएकी छिन् | चलचित्रको कथा बस्तु हाम्रै नेपाली सामाजिक परिवेशको भएपनि त्यसको प्रस्तुति भने अलिक बेग्लै हुने कुरा निर्देशक लामाले स्पस्ट पारेका छन् | चलचित्रको कथा बस्तु र प्रस्तुति निकै राम्रो रहेको र यसले सम्पूर्ण नेपाली दर्शकहरुको मन जित्ने विश्वास उनले व्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: