Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिलेको बर्षको सर्वादिक हिट चलचित्र “पशुपतिप्रसाद” निर्माण टिमले फेरी अर्को नया चलचित्र निर्माणको घोषणा गरेको छ | निर्माण कम्पनि टुकी आर्ट्स्को तर्फबाट सार्वजनिक प्रेस विज्ञप्तिमा दिपेन्द्र के खनालको निर्देशन रहने गरी ‘धनपति’ नामक नयाँ चलचित्र निर्माण गर्न लागेको जानकारी सार्वजनिक भएको छ |
dhanapati
चलचित्रको कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्ममा लिड अभिनयमा खगेन्द्र नै रहनेछन् भने अन्य कलाकारको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन् । कुनै पनि मान्छेले देखेको सपना र उसमा रहेको घमण्ड र त्यसले उसको जीवनमा निम्त्याउने समस्यालाई नै चलचित्रको मुख्य बिषय बस्तु बनाइएको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | चलचित्रको कथा बस्तु निकै नै राम्रो रहेको र फरक धारमा यस चलचित्रको निर्माण हुने कुरा निर्देशक दिपेन्द्र के खनालले बताएका छन् |
चलचित्रका निर्माता तर्फ रोजिना सिटौला छन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा रहेका छन् | आउदो माघको महिनाबाट छायांकन सुरु हुने चलचित्रलाई अब आउने नया बर्ष २०७४ मा प्रदर्शनको लागि तयार गरिने कुरा निर्माण पक्षेले उल्लेख गरेको छ |

Leave a Reply

%d bloggers like this: