Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
अब नेपाली गीत संगीत जगतले नया गति लिदै छ | नया नया कलाकारहरुको जन्म हुदैछ | हरेक क्षत्रबाट अहिले विभिन्न व्यक्तिहरु नेपाली गीत संगीत जगत संग जोडिरहेको अवस्था छ | यहि बिचमा आफ्नो फरक किसिमको रचनाको साथमा नेपाली दर्शकहरुको माझमा उपस्थित भएका छन् रचनाकार सागर अपवाद | उनको नामले नै रचनाको परिभाषाको महसुस गराउछ | निकै लामो समयको अभ्यास पछि र धेरै कुराको ज्ञान हासिल पछि अहिले आएर उनले नेपाली सांगीतिक क्षत्रमा आफ्नो पहिलो पाईला राखेका छन् | उनको शब्द रचनामा तयार भएको “टाईटेनिक” बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ | संगीतकार विक्रम राईको संगीतमा तयार भएको गीतमा गायक सागर संसार राईले आफ्नो सुमधुर स्वर भरेका छन् | सेन्टीमेन्टल जेनेरमा निर्माण गरिएको उक्त गीतको शब्दले धेरै मान्छेको मनमा धेरै मार्मिक कुराहरुको महसुस गराउन सक्छ |
नेपाली गीत संगीत प्रतिको उनको लगाव सानै देखिको रहेको कुरा उनले बताएका छन् | बच्चै देखिको इच्छा र चाहनालाई केहि कारण बस बाहिर प्रस्पोटन गर्न असमर्थ रहेका उनले अहिले यो बेलामा आएर आफ्नो इच्छालाई सहि परिणाम दिन सफल भएका छन् | उनले पहिले देखि गीत कविता र रचनाहरु कोर्ने गरेको तर त्यी सबै कागजमा मात्र सिमित रहेको कुरा पनि उल्लेख गरेका छन् | हाल उनि मलेसियामा कामको सिलसिलामा रहेका छन् | त्यो बिदेशी भूमिमा आफ्नो रगत पसिना बगाएर पनि उनि नेपाली गीत संगीतमा सक्रिय देखिएका छन् | मान्छेलाई इच्छा र साहस भयो भने कुनै पनि कुराले रोक्न सक्दैन भन्ने कुराको उनि ज्वलन्त उदहारण बनेका छन् |
sagar-apavad
उनले थुप्रै रचनाहरु कोरेको र अब बिस्तारै सबै आफ्नो रचनाहरुलाई सहि ढंगले दर्शकहरु माझ प्रस्तुत गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | उनको हिसाबमा गीत संगीतले मनोरंजन मात्र नभई जीवनको मार्ग दर्शन समेत गर्नु पर्छ भन्ने रहेको छ | त्यस्तै चेतनाको कुराहरु पनि हामी गीत संगीतबाट निकै गहकिलो पारामा प्रस्तुत गर्न सक्छौ भन्ने विश्वास उनले ब्यक्त गरेका छन् | अबको गीतका पृथक र स्वतन्त्र तर सन्देश प्रवाह गीत लेखनलाई स्थापित गायक , गायिका , संगीतकारले ग्रहण गर्न सक्नुपर्छ भन्ने मान्यता उनको रहेको छ |
sagar-apavad
अबको श्रोता र दर्शकहरु पनि युगौदेखिको सस्तो मनोरंजन देखि वाक्क भएर नयाँ,पृथक हेर्न र सुन्न लालयित रहेको कुरा पनि उनले प्रस्ट पारेका छन् | त्यसका साथै उनले अब आफुले सबै खालका गीतहरु बाहिर लिएर आउने र आफ्नो गीतको माध्यमबाट सबैलाई मनोरंजन प्राप्तिको साथमा चेतना र संदेश समेत प्राप्त हुने कुरा बताएका छन् | त्यसै गरि उनले नेपालमा मात्र नभएर नेपाल बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई जहाँ रहे पनि नेपाली गीत सुनेर हेरेर सम्मान गरि त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन बिनम्र अनुरोध गरेका छन् | त्यस्तै उनले देश तथा बिदेशमा रहनु सबै नेपालीहरुलाई महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: