Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी निर्माणको घोषणा गरिएको चलचित्र “हिटलर” ले अन्तत नायिका फेला पारेको छ | नया अनुहारको खोजीमा रहेको निर्माण पक्षेले नायिकाको लागि आवेदन आवाहन गरि अडिसन लिने काम समेत गरेको थियो | तर धेरै संगको भेटघाट र अडिसनको दौरानमा अन्तत चलचित्रले नव नायिका सामिया बर्तौलालाई चलचित्रको लागि फाइनल गरेको छ | उनि पेशाले एक मोडेल रहेकी छिन् | सुन्दरताको धनि उनि अडिसनको दौरानमा चलचित्रको मुख्य नायिकाको लागि फिट बसेको हुनाले आफुहरुले उसलाई छानेको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | फिल्ममा उनी लिड नायक शोहित मानन्धरको अपोजिटमा हुनेछिन् ।
hitler
hitler
hitler
अष्टनारायण पिक्चर्सको प्रस्तुतिमा तयार हुने यस चलचित्रका निर्देशक सौरव ढकाल हुन भने निर्माता चिनी माया मानन्धर हुन् | चलचित्रको अहिले वोर्कशोप भैरहेको कुरा निर्देशक सौरव ढकालले बताउनु भएको छ | चलचित्रको छायांकन तिहार पछि लगतै सुरु हुने कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्र लव स्टोरी र कमेडी जेनेरमा तयार हुने कुरा पनि जानकारीमा आएको छ | आफ्नो यो नया प्रोजेक्टको लागि आफु निकै उत्साहित रहेको र आफुले चलचित्रमा आफ्नो भूमिकालाई सत प्रतिशत न्याय गर्ने प्रतिबद्धता नायक सोहित मानन्धरले जाहेर गर्नुभएको छ | चलचित्रको कथा बस्तु निकै नै राम्रो रहेको र यसले समुरना दरशाखारुको मन जित्ने विश्वास समेत उहाले ब्यक्त गर्नुभएको छ |
hitler
hitler
hitler

Leave a Reply

%d bloggers like this: