Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
अहिले पश्चिम नेपालको सुन्दर ठाउँ प्यूठान जिल्लामा चलचित्र “कुम्भकरन” को छायांकन निकै जोडतोडको साथमा भईरहेको छ | यहि मौकामा आज असोज १८ गते उक्त चलचित्रकी नायिका निशा अधिकारीले सुटिङ्ग फ्लोरमै आफ्नो ३० औं जन्म दिन मनाएकी छिन् | यसै बिचमा उनले सामाजिक संजाल आफ्नो फेसबुकमा आफ्नो नाम अधिकारीको साथमा पछाडी मल्ल थपेकी छिन् | उनको यो गतिविधिले सबैको मनमा हलचल मच्चाएको छ | यहि बिषयमा उनको परिवार संग बुझ्दा उनले आफ्नो आमाको थर मल्ल भएको कारण जन्मदिने आमाको सम्मानमा निशा अधिकारीसँगै मल्ल पनि जोडेको जानकारी प्राप्त भएको छ |
nisha-adhikari-malla
nisha-adhikari
उनले केहि समय अगाडी मात्रै बिस्वको उच्च शिखर सगरमाथाको सफल आरोहण समेत गरेकी थिइन् | उनले चलचित्र “फर्स्ट लव” बाट रजतपटमा पाईला राखेकी हुन् | उनि कुशल अभिनय क्षेमता भएकी नायिका हुन् | उनको बारेमा प्राय कुनै न कुनै कुराहरुबाट मिडियामा चर्चा परिचर्चा अक्सर भईरहेकै हुन्छ | उनको यो खुसिको दिन जन्म दिनको उपलक्षमा मनोरंजनसंसार डटकम परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना |
nisha-adhikari

Leave a Reply

%d bloggers like this: