Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले सबैतिर दशैंको चहलपहल रहेको छ | यहि दशैंको अवसर पारेर चलचित्र “सुब्बा साब” आउदो शुक्रबार असोज २१ गते देखि प्रदर्शनको लागि तम्तयार भएर बसेको छ | यसै बिचमा आज चलचित्र सुब्बा साबले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ जसमा बिजया दशमीको शुभकामना आदान प्रदानको साथमा चलचित्रको बारेमा समेत जानकारी दिइएको थियो | त्यस्तै यसै कार्यक्रम मार्फत “सुब्बा साब” को टिमले अर्को नया चलचित्र “मेरो मिल्ने साथी” नामक चलचित्रको समेत घोषणा गरेको छ | चलचित्रमा फेरी एकपटक निर्माता हिरामणि न्यौपाने र निर्देशक राजु अधिकारीको टिमअप हुनेछ | चलचित्रको बारेमा भने धेरै कुरा खुलासा गरिएको छैन | यो चलचित्रले साथी बिचको निकै सुमधुर सम्बन्धको साथमा मिठो माया र प्रेमको समेत कथा निर्धारण गर्ने कुरा निर्माता हिरामणि न्यौपानेले जानकारी गराएका थिए | शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा बन्ने फिल्म २०७३ भित्रै छायाँकन हुने बताईएको छ भने अर्को बर्ष अर्था २०७४ मा रिलिज हुने कुराको जानकारी निर्माण पक्षेले गराएको छ |
OLYMPUS DIGITAL CAMERA
subba-sab-nepali-movei-poster
subba-sab-nepali-movie_1
आयोजित कार्यक्रमा चलचित्र क्षत्रका मनानिये व्यक्तिहरुको साथमा अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो | अहिले निर्माण टिम “सुब्बा साब” को प्रोमोशनमा निकै अग्रसर भएर लागिरहेको अवस्था छ | चलचित्रको प्रोमोशनको लागि कलाकार गौरी मल्ल , सरोज खनाल , जीवन लुइँटेल र महिमा सिलवाल निकै दौडधुप गरिरहेका छन् | उपस्थित सबैले चलचित्र “सुब्बा साब” को सफलताको लागि निर्माण टिमलाई शुभकामना दिएका थिए |

Leave a Reply

%d bloggers like this: