Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउड अभिनेता नाना पाटेकरले पुणेमा पाकिस्तान कलाकारहरुले भारतमा काम गरेको बिषयमा स्टार सलमान खान प्रति तिखो टिक्का टिप्पणी गरेका छन् | उनले भने पहिला देश आउछ त्यसपछि मात्र अरु कुरा आउछ | पहिला हाम्रो जवानहरुनै हुन् उनीहरु नै असली हिरो हुन् हामी धेरै पछाडी छौ | उनले यति मात्र नभएर सलमानलाई धेरै कुरा सुनाए | उनले भने हो यो सत्यहो कि काम गर्नको लागि भिजा भारत सरकारले दिएको छ तर जब स्थति युद्धको हुन्छ तब कुरा अर्कै हुन आउछ | उनले भने जब स्थिति सामान्य हुन्छ त्यसपछि राजनीति निर्णय के हुनेछ त्यो कुरा त्यति बेला नै हेरिने छ |
nana-salman
दिग्गज अभिनेता नाना पाटेकरले भने – मलाई लाग्छ पाकिस्तान कलाकार यो कुरा पछि , पहिला मेरो देश , देशको अलावा म कसैलाई पनि चिन्दिन जान्दिन र जान्न पनि चाहन्न | कलाकार भनेको देशको अगाडी खटमलको बराबर हो | हाम्रो कुनै मुल्य छैन पहिला देश हो | उनले भने – म ढाई साल सेनामा गुजारा गरेको छु र मलाई थाहा छ कि असली हिरो को हो भनेर | हाम्रो जवानको अगाडी संसारमा अरु कुनै हिरो छैन यिनीहरु नै असली हिरो हुन् |
सबैलाई थाहा भए अनुसार जम्मु कश्मिरको उरिमा भएको आतंकी हमला पछि राज ठाकरेको पार्टीले पाकिस्तानी कलाकारहरुलाई आफ्नो देश फिर्ता हुन धम्की समेत दिएका थिए | र त्यहि बेलामा सलमान खानले भनेका थिए कि यसमा पाक कलाकारहरुको के दोष |
334205-abhijeet
यसै दौरानमा गायक अभिजितले पनि सलमानको यो बयान प्रति कडा टिक्का टिप्पणी पेश गरेका छन् | उनले टूईटरमा लेखेका छन् सुपरस्टार्स पाकिस्तानको उरी माथिको हमला , त्यहाँको जनता माथि गोलि बर्षाको र काटमार गरेको खबर पढ्दैनन् र त्यही बेलामा तिनीहरु पाकिस्तानिको साथमा सुटिङ्गमा ब्यस्त हुन्छन | उनले अर्को लेखमा भनेका छन् देशमा कमाउ , दारु पार्टी गर , मान्छेलाई गाडीले हान , हिरन मार , तर बफादारी भने पाकिस्तानको , लाज लाग्छ कि कुनै बेला मैले उनको साथ दिएको थिए र मान्छेको गाली सुनेको थिए | सलमानको यो बयान प्रति अधिकांशले आफ्नो विचार पेश गरेका छन् |
raj_at_mns_koli_festival
राज ठाकरेले भने- सलमानले नक्कली गोलिको सेवन गर्दछन् | शिवसेनाले भने – सलिमले आफ्नो छोरालाई घरमै कैद गर्दा राम्रो होला | यसका साथै राज ठाकरेले उनलाई पाकिस्तानमा नै गएर काम गर्न सुझाब समेत दिएका थिए | उनले भारतीय नाटक र फिल्ममा काम गर्ने पाकिस्तानी कलाकारहरु जासुस पनि हुन सक्ने कुरा समेत उल्लेख गरेका छन् |
manoj-tiwari-040414
बिजेपी सांसद तथा गायक मनोज तिवारीले भने – पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा रोक लागाइएकोमा सलमान किन बोल्दैनन | अहिले सलमान खानले दिएको बयान प्रति भारतका थुप्रै बरिष्ट व्यक्तिहरुहरुबाट बिरोध भईरहेको छ | अब अगाडी के हुने हो सलमान खान प्रतिको भारतीय जनताहरुको सोच कस्तो रहने छ यो जान्नको लागि भने हामीले अगाडी हेर्ने पर्छ |

Leave a Reply

%d bloggers like this: