Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा विभिन्न सोच भएका व्यक्तिहरु आबद्ध हुनुहुन्छ | सकारात्मक सोच संगै नकारात्मक सोच भएको व्यक्तिहरुको पनि कमि भने यो क्षत्रमा छैन | तर यो क्षत्रमा नै केहि कुराको परिवर्तन लिएर आउछु विकासको लागि पहल गर्छु भनेर अगाडी बढ्ने व्यक्तिहरुको सुची पनि हामी माझ रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो निर्माता तथा नायक सुदिन प्रसाई | तत्कालिन कुरा गर्नु पर्दा उनको निर्माण र अभिनयमा तयार भएको चलचित्र “तँ म र ऊ” अहिले प्रदर्शनको लागि तयार भएर बसेको अवस्था छ | मंसिर १७ गते प्रदर्शन मिति तोकेको यस चलचित्रले अहिले आफ्नो प्रोमोशन व्यापक बनाउदै लगिरहेको पनि छ | साथी बिचको सम्बन्धको अर्थ र सामाजिक परिवेशको कथालाई मुख्य आधार मानेर चलचित्रको बिषय बस्तुको निर्माण भएको कुरा उहाले जानकारी दिनु भएको छ | यिनै कलाकार तथा निर्माता सुदिन प्रसाई संग मनोरंजनसंसार डटकमले गरेको कुराकानीको केहि अंश हामी दर्शकहरु माझ प्रस्तुत गर्दैछौ |
हजुर नमस्कार ?
नमस्कार |
सन्चै हुनुहुन्छ ?
हजुर सर अहिले त एकदम आरामै छु |
अनि सरलाई अहिले दशैं कत्तिको लागेको छ नि ?
अब हामी सबै नेपालीहरुको महान चाड हो राम्रो संग मनाउनु पर्छ तर अहिले मलाई दशैं भन्दा पनि मेरो चलचित्रको प्रोमोशन चाही अलिक बढी लागेको छ सर |
तत्काल कता तिर ब्यस्त हुनुहुन्छ ?
अहिले त म मेरो आउने चलचित्र “तँ म र ऊ” को प्रोमोशनको काममा नै ब्यस्त छु त्यो बाहेक आफ्नो केहि व्यक्तिगत कामहरुमा पनि म आबद्ध छु |
अनि कस्तो हुदैछ त हजुरको चलचित्रको प्रोमोशन ?
अब प्रोमोशन त निकै तिब्र रुपमा अगाडी बढ्दै छ | म आफै पनि निकै जोश र जाँगरको साथमा सबैतिर दौडिरहेको छु | मैले आफ्नो तर्फबाट सक्ने जति सबै कुरा कुनै कसर नछोडीकन गरेको छु | समग्रमा सबै कुरा राम्रो नै भैरहेको छ |
अब तिहार पछि तपाइको चलचित्र प्रदर्शनमा आउदै छ | तपाइको चलचित्र कस्तो खालको चलचित्र हो ?
अब यस्तो छ म मेरो चलचित्रलाई फरक धारको चलचित्र भन्दिन सबैले अहिले सम्म हेर्दै आइरहेको चलचित्र जस्तो नै मेरो चलचित्र हो तर जुन किसिमको बिषय बस्तु हामीले चलचित्रमा चित्रण गरेका छौ त्यसको प्रस्तुति भने बेग्लै रहेको छ | चलचित्रमा माया , प्रेम , हाँसो , रोदन सबै कुराको मिश्रण रहेको छ | चलचित्रले एक हिसाबमा निकै नै सकारात्मक संदेश दिनेछ | हाम्रो चलचित्र सबै बर्गको दर्शकहरुले हेर्न सक्नु हुनेछ |
sudin-prasai
चलचित्रको मुख्य बिषय बस्तु के हो ?
चलचित्रको मुख्य बिषय बस्तु भनेको साथी बिचको सम्बन्ध र त्यसको औचित्य त्यसका साथै प्राप्ति नै माया हैन त्याग पनि मायाको अर्को परिभाषा हो भन्ने कुरा हो | चलचित्रमा समावेश कथा बस्तुले दर्शकहरुको मनलाई अन्त जान दिने छैन | हाम्रो चलचित्र “तँ म र ऊ” ले सबैलाई पूर्ण मनोरंजन प्रदान गर्नेछ |
चलचित्रको छायांकनको क्रममा के कस्तो कठिनाईहरु आए ?
हेर्नुस हामीले मुक्तिनाथ जस्तो ठाउँमा गएर चलचित्रको छायांकन गरेउ कठिनाई त धेरै नै आए तर पनि हामीले कुनै कुरामा कन्जुसाई नगरी हरेक समस्या संग जुधेर हाम्रो काम हामीले खतम गरेर फर्केउ | त्यो दौरानमा हामीले बेनी देखिको मुक्तिनाथको सडकको सर्वे समेत गरेउ किन भने त्यो पनि हाम्रो चलचित्रको एक हिस्सा रहेको थियो | त्यो खतरनाक बाटोमा समेत हामीले कुनै कुराको पर्वाह नगरी सर्वे गरेर त्यो कुरालाई पनि हामीले चलचित्रमा कैद गर्न सफल रहयौ |
चलचित्रको ट्रेलरमा स्कुल कलेजको कुराहरु पनि केहि देखाइएको छ के यसमा शैक्षिक कुराहरुको समेत चित्रण भएको छ ?
यो एकदम सहि हो यो कुरा | यस चलचित्रमा हामीले शैक्षिक कुराको समेत चित्रण गरेका छौ | अहिलेको स्कुल कलेजको स्थिति अहिलेको टिनेजरहरुको रहन सहन र व्यवहारलाई पनि निकै सहज रुपले प्रस्तुत गर्ने कोसिस गरेका छौ | यसका साथै चलचित्रमा समावेश यो कुराले शैक्षिक कुराको संदेश समेत प्रदान गर्नेछ |
अहिले पनि नेपाली चलचित्र क्षत्रको विकास सहि तरिकाले भईरहेको छैन धेरै कमि कमजोरीहरु छ के भन्नु हुन्छ हजुर यो बिषयमा ?
यसमा मुख्य तय हामी चलचित्र कर्मीहरु नै चुकेको जस्तो लाग्छ | हामीले नै यो नेपाली चलचित्र क्षत्रको विकासको लागि पहल गर्नु पर्ने जरुरी हो तर सबै आफ्नै तालमा भएको हुनाले पनि हामी पछि परेका छौ | यो कमि कमजोरीहरुलाई मेटाउनको लागि हामी सबै एक जुट भएर अग्रसर हुनै पर्छ | यसका लागि हामी सबैले आफ्नो तर्फबाट सक्दो पहल गर्नु जरुरी छ |
sudin-prasai
नेपाल सरकारले पनि यस क्षत्रको विकासमा भूमिका खेल्छ या खेल्दैन तपाइको सोचाई के छ ?
बास्तविकताको कुरामा त खास हाम्रो नेपाली चलचित्र क्षत्र राज्यबाट नै हेपिएको अवस्थामा छ | सरकारी निकायबाट हुनु पर्ने पहलहरु पनि अहिले सम्म भएका छैनन् | सबैको लापरवाहीले नेपाली चलचित्र क्षत्रको विकास उन्मुख हुन सकिरहेको छैन | अब चाडै नै म आफ्नो तर्फबाट यसको लागि पहल गर्ने तयारीमा छु | अब सरकारी निकायमा समेत नेपाली चलचित्रको पहुच हुनै पर्छ | सरकारले पनि अब हुने संबिधान संसोधनको बेलामा नेपाली चलचित्रको लागि समेत पहल गरेर एक किसिमको सहजताको बाटो तयार पार्दिनै पर्दछ |
नेपालमा धेरै किसिमको दर्शकहरु हुनुहुन्छ नेपाली चलचित्रलाई नकारात्मक दृष्टिकोणले हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ ?
हेर्नुस अब सबैको आफ्नो इच्छा हुन्छ त्यसमा कसैले पनि हस्तक्षेप गर्न मिल्दैन तर म के भन्छु भने हामी नेपाली हौ हामी जस्ता कति व्यक्तिहरु यो क्षत्रमा आफ्नो सबैकुरा समर्पित भएर नेपाली दर्शकहरुलाई राम्रो चलचित्र बनाएर मनोरंजन प्रदान गर्न लागिपरेका छौ त्यसैले सम्पूर्ण दर्शकहरुले सकारात्मक हिसाबले यो कुरालाई चिन्तन मनन गरेर हाम्रो आफ्नो नेपाली चलचित्रलाई पनि हेरेर माया र सम्मान गरिदिनुहोस भनेर बिनम्र अनुरोध गर्न चाहन्छु |
नेपाली चलचित्र क्षत्र भित्र पनि कति नकारात्मक सोच भएका व्यक्तिहरुको जमघट छ यो कुरालाई तपाई कसरी लिनु हुन्छ ?
हो सत्य हो यो कुरा यसमा मेरो समर्थन छ | तर यसको लागि त हामी नै सचेत हुनुपर्छ | आज नेपाली चलचित्र क्षत्रको बृधि विकास नहुनुको पछाडी यी यस्ता भाइरस रुपी व्यक्तिहरु हुन जसले नेपाली चलचित्र क्षत्रलाई भित्र भित्रै खोकोलो पारिसकेका छन् | त्यसैले हामी चलचित्र क्षत्र भित्रकै व्यक्तिहरुबाट यी यस्ता नकारात्मक भाइरस रुपी तत्वोको पतन हुनु पर्छ | त्यसको लागि म सबै चलचित्रकर्मीहरु संग यस बिषयमा सचेत भएर पहल गरौ भनेर आग्रह समेत गर्न चाहनछु |
बिशेष त अहिलेका युवाहरुको नेपाली चलचित्र प्रतिको मोह घट्दो छ यसको लागि तपाइको सुझाब के छ ?
हेर्नुस कुनै पनि निर्माताले नराम्रो चलचित्र बनाउन चाहन्न तर अहिलेको दर्शकहरुको टेस्टलाई पनि बुज्न गार्हो छ | हामीले चलचित्रको निर्माण गर्ने क्रम धेरै कुराको मध्य नजर गरेर काम गर्नुपर्ने हुन्छ सबैको मन बुझाउन पनि सक्ने स्थिति हुदैन तर पनि हाम्रो तर्फबाट पुरा कोसिस गर्छौ कि राम्रो चलचित्र तयार होस भनेर त्यस कारणले गर्दा अहिलेको युवा पिडिले पनि हिन्दी र बिदेशी चलचित्र भन्दा पनि नेपाली आफ्नो चलचित्रलाई माया गरेर हेर्यो भने नेपाली चलचित्र पनि अब राम्रो बन्दै गईरहेको छ | पहिला भन्दा अहिले धेरै कुरामा परिवर्तन भैसकेको छ अब बिस्तारमा हुने क्रममा पनि छ | त्यस कारणले हामी नेपाली भएको हुनाले हामीले हाम्रो आफ्नो चलचित्रलाई माया गर्नुपर्छ र समर्थन समेत जनाउनु पर्दछ र केहि कमजोरी भए त्यसलाई सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब पेश गर्नुपर्दछ |
अन्तयमा नेपाली सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
पहिलो कुरा त दर्शकहरु भनेको नै हाम्रो लागि भगवान स्वरुप हुनुहुन्छ | यो क्षत्र लगाएत हामी पनि मात्र दर्शकहरुको कृपाले चल्ने हो | त्यसकारणले सम्पूर्ण दर्शकहरुलाई म के भन्न चाहन्छु भने यति धेरै दुख गरेर तपाईहरुको लागि राम्रो चलचित्र तयार पार्ने कोसिस गरेका छौ | एकपटक हलसम्म गएर हाम्रो चलचित्र हेरिदिनुस र सहि हिसाबले मुल्यांकन गरेर कमि कमजोरी भएमा सल्लहा सुझाब दिएर हामीलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहोस भन्न चाहन्छु | चलचित्रमा सम्पूर्ण दर्शकहरुको मनोरंजनको लागि धेरै कुराको मिश्रण हामीले गरेका छौ र आशा छ सबैले मन पनि पराउनु हुनेछ | त्यसै गरि हामी नेपालीहरुको महान चाड बिजया दशमी हाम्रो घर आगन नजिकै आइसकेको छ तसर्थ म नेपालमा लगाएत नेपाल बाहिर रहनु भएका सम्पूर्ण दर्शकहरुलाई बडा दशैंको हृदय देखि नै हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्न चाहन्छु |

Leave a Reply

%d bloggers like this: