Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्रै आउदो बैशाख १ गतेलाई आफ्नो चलचित्रको एकलौटी प्रदर्शन मिति तय गरेको “लभ लभ लभ” संग फेरी अब अर्को चलचित्र “राधे” ले टक्कर लिने भएको छ | “लभ लभ लभ” का निर्देशक दिपेन्द्र के. खनालले आफ्नो चलचित्र सोलो रिलिज रहने भनेर खुसि ब्यक्त गरेपनि उनको खुसिलाई सुशील पोखरेलद्वारा निर्माण भएको चलचित्र “राधे” ले चक्नाचुर पारेको छ |
केहि समय अगाडी सम्म कुनै जानकारी नआएको बेला अहिले एकाएक निर्माता पोखरेलले आफ्नो फेसबुक मार्फत स्टाटस लेखेर चलचित्र राधे को प्रदर्शन मितिको बारेमा खुलासा गरेका छन् | अहिले छायांकनको क्रममा रहेको चलचित्र “राधे” मा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको अभिनय रहेको छ | चलचित्रका निर्देशक जगदिश्वर थापा हुन् |
sushil-pokhrel
अब कसको चलचित्रले दर्शकहरुको मन जित्ने छ भनेर हेर्नको लागि भने नया बर्ष कुर्नै पर्ने हुन्छ | दुई चलचित्र बिचको यो भिडन्त पनि निकै रोमान्चक हुने अनुमान अहिले देखि नै सबैले लगाउन थालिसकेका छन् |

Leave a Reply

%d bloggers like this: