Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा विभिन्न खालका गसिपहरु बन्ने गरेका छन् | यसै बीच चलचित्र “राधा” को ट्रेलर सार्वजनिक कार्यक्रमको समेत एउटा गसिप बाहिर आएको छ | ट्रेलर र चलचित्रका गीतहरु सार्वजनिक गर्नको लागि आयोजित कार्यक्रममा उपस्थित पत्रकारहरुले चलचित्रका निर्देशक योगेश घिमिरे , नायक जीवन लुइँटेल र नायिका संचिता लुइँटेल माथि प्रश्नले हमला गरेका छन् | कार्यक्रमको समापनको अन्तयमा भएको प्रतिक्रिया आदान प्रदानको तरखरमा त्यहाँ प्रश्नको आक्रमण सुरु भएको थियो |
निकै सजिएर आएकी नायिका संचिता लुइँटेललाइ एक पत्रकारले सोधे तपाइले सिन्धुर किन लगाउनु भएन ? उनले भनिन – म कुनै बिहेको समाहारोमा आएकी हैन र मैले मेरो श्रीमानको परिचय दिनको लागि सिन्धुर नै लगाएर हिड्नु पर्छ भन्ने जरुरी छैन | त्यसै गरि अर्का पत्रकारले सोधे चलचित्रको बेला हजुर मोटो नै हुनुहुन्थ्यो या चलचित्रको लागि मोटाउनु भएको ? उनले भनिन – म त्यो बेला मोटो नै थिए र मोटो भन्नुको अर्थ अभिनय गर्न नमिल्ने हैन मैले इलामको एक गाउको साधारण युवतीको भूमिकाको निर्वाह गरेकी छु र गाउको सबै युवती पातली र सिलीम नै हुन्छन भन्ने हुदैन त्यसैले फिगरमा भन्दै पनि पात्र र पात्र भित्रको अभिनयमा जाउ यतिकै कमेन्ट नगरौ |
OLYMPUS DIGITAL CAMERA
त्यस्तै पत्रकारहरुले नायक जीवन लुइँटेल तर्फ प्रश्न मोडे र उनलाई एक पत्रकारले सोधे तपाई चलचित्रबाट हराउदै जानु भएको हो ? के तपाईलाई चलचित्रको अफर आउन छोडेको हो ? उनले भने – हेर्नुस मैले मेरो खुसीले चलचित्र खेल्न पहिला भन्दा अलि कम गरेको हु | मलाई चलचित्रको कुनै कमि छैन तपाइलाई सबुत चाहिन्छ भने मलाई फोलो गर्न सक्नुहुनेछ आफै थाहापाउनु हुनेछ कि मलाई कति जना निर्माताले दिनमा नया चलचित्रको अभिनयको लागि प्रस्ताव राख्नु हुन्छ | त्यस्तै अर्का पत्रकारले सोधे अहिले सम्म पनि तपाईको डान्स किन सुध्रेन ? उनले भने सानै देखि आफु माथि हिन्दी चलचित्रको छाप पर्यो सानोमा संजय दत्तको फ्यान , त्यसपछि सनी देवल , मिथुन चक्रवती , अर्जुन रामपाल , शाहरुख खान हुदै मिस्टर नेपाल भए अनि डान्सको लागि कक्षा पनि लिएको थिए त्यहि बेलामा चलचित्रको अफर आयो र यता प्रवेश गरे त्यसपछि अहिले सम्म सिक्दै छु र अझै राम्रो गर्ने प्रयास गर्दैछु | उनले कार्यक्रमको अन्तयमा आफ्नो कविताको २ लाईन वाचन समेत गरेका थिए |
radha-team
त्यसतै पत्रकारहरुले निर्देशक योगेश घिमिरेलाई पनि यतिकै भने छोडेनन् | एक पत्रकारले उनलाई सोध्ने तपाईले जीवन र निताको जोडी किन तोडीदिनु भएको ? उनले भने – मैले जोडी तोडेको हैन मेरो चलचित्रको कथाले जीवन र निताको जोडीलाई मागेन त्यसकारण मैले उहाहरुलाई दुईजनालाई एक साथ लिएर आउन सकिन | यी यस्ता किसिमका प्रतिक्रिया संगै कार्यक्रमको समापन भयो र उपस्थित कलाकारहरुले पत्रकारहरुको प्रश्नहरुको डटेर सामना समेत गरेका छन् | चलचित्र “राधा” यही आउदो कार्तिक १२ गते देखि देशभरका सम्पूर्ण हलहरुबाट एकै साथ प्रदर्शन हुदैछ |

Leave a Reply

%d bloggers like this: