Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा अहिले नेपाली गीत संगीतको तिब्र रुपमा विकास भईरहेको बेलामा नया गीत संगीतहरुको आगमन समेत बढ्दो छ | निकै राम्रा र उत्कृष्ट गीतहरुले अहिले नेपाली दर्शकहरुको मन छुन सफल रहेको छ | यसै बिचमा नेपाली दर्शक माझ “मन मा छ देउता” बोलको आफ्नो नया गीत लिएर आएका छन् गायक जीवन कलाप्रेमी | राजधानीमा आयोजित एक कार्यक्रमको बिचमा उनले आफ्नो यस गीत सार्वजनिक गरेका हुन् | कार्यक्रमा बरिष्ट संगीतकार सम्भुजित बास्कोटा , गायक उदय सोताङ्ग तथा अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो | आफ्नो यो खुसिको दिन भन्दै उनले सबैको माझमा केक समेत काटेका थिए | त्यस्तै उनलाई उपस्थित सबैले प्रशंसाको साथमा बधाई समेत ज्ञापन गरेका थिए | त्यस्तै उनले कार्यक्रमा आफैले ३ वटा गीतहरु गाएर सुनाएर उपस्थित सबैलाई मनोरंजन समेत प्रदान गरेका थिए |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
प्रस्तुत गीतमा शब्द संगीत कृष्ण लिम्बुको रहेको छ भने गायक जीवन कलाप्रेमीले आफ्नो सुमधुर स्वरले उक्त गीतलाई सजाएका छन् | गीतको म्युजिक भिडियो अत्यन्तै राम्रो निर्माण भएको छ | ज्ञानेन्द्र शर्माको छायांकन सुरज श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोमा सुनिल थापा र विवेक सिंह ठकुरीले उत्कृष्ट अभिनय गरेका छन् |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
करिब १४ बर्ष देखि नेपाली गीत संगीत क्षत्रमा आबद्ध रहेका गायक जीवनको क्लासिकल मुख्य पाटो रहेको छ | संगीत सम्बन्धि धेरै भन्दा धेरै ज्ञान आर्जन गरिसकेका उनले निकै राम्रा राम्रा गीतहरु यो भन्दा अगाडी दर्शकहरुको माझमा प्रस्तुत गरिसकेका छन् | आफ्नो काममा निष्ठावान हिसाबमा लागिपर्ने यी गायकको ब्यक्तित्वोबाट अधिकांश मानिसहरु प्रभावित छन् | निकै सरल र सहज व्यवहार भएका उनि स्वरका धनि हुनुको साथै लगनसिल र मेहेनती पनि छन् |
jeewan-kalapremy
jeewan-kalapremy
गीत संगीत नै आफ्नो पहिलो र अन्तिम प्राथमिकता रहेको कुरा बताउने यी गायकले आफ्नो सारा जीवन नेपाली गीत संगीतमा समर्पित गरेको कुरा उल्लेख गरेका छन् | आफु निरन्तर रुपमा अगाडी बढ्ने र कहिले पनि आफ्नो पाईला पछि नसार्ने विश्वास उनले ब्यक्त गरेका छन् | सधैब नेपाली गीत संगीतको जगेर्ना गर्ने र नेपाली दर्शक स्रोताहरुले खोजेको र रोजेको जस्तो गीतहरु उहाहरुलाई प्रदान गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | त्यसै गरि उनले आफ्नो गीतहरुलाई सुनेर हेरेर सहि मुल्यांकन गरि कमि कमजोरी औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन समस्त दर्शकहरुलाई बिनम्र अनुरोध गरेका छन् | त्यसका साथै उनले सबै नेपालीहरुलाई जहाँ भए पनि नेपाली गीत संगीतलाई माया र सम्मान गरिदिनुहोस भन्दै नेपालीहरुको महान चाड बडा दशैंको सबैलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: