Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १२ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “उमंग” ले आफ्नो प्रोमोशन अहिले तिब्र पार्दै लगिरहेको छ | शिव शर्माको निर्देशनमा तयार भएको चलचित्र “उमंग” का निर्माता कुमार बिसी रहेका छन् | चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा संगीतको साथमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन समावेश रहेको छ |
umanga
अहिले बैदेशिक रोजगारको लागि बिदेशिएका नेपाली युवाहरुको वास्तविक कुराहरुलाई यस चलचित्रमा निकै सहज र सरल रुपमा चित्रण गर्ने प्रयास गरिएको छ | बिदेशमा रहनुको दुख र पिडा तथा त्यहाँ सहनु परेको अपहेलनाको बिषय बस्तुमा केन्द्रित भएर चलचित्र तयार गरिएको कुरा निर्देशक शिव शर्माले बताउनु भएको छ | चलचित्रले देशको तत्कालिन समस्या बोकेको छ र यसले उचित संदेश प्रवाह गरि सारा नेपालीहरुलाई सचेत गराउनुको साथै सम्बन्धित निकायको समेत ध्यान आकर्षण गराउने विश्वास उनले ब्यक्त गरेका छन् |
चलचित्रको अधिकांश छायांकन दुबईमा गरिएको छ | त्यस्तै चलचित्रले यहि अक्टुवर १५ बाट अष्ट्रेलियाको विभिन्न ठाँउमा समेत प्रदर्शन गर्ने कुरा निर्माता कुमार बिसीले उल्लेख गर्नुभएको छ | आफुले निकै राम्रो चलचित्र नेपाली दर्शकहरु माझ राख्ने प्रयास गरेको र यस चलचित्रले सम्पूर्ण नेपालीहरुलाई सहि संदेशको साथमा मनोरंजन समेत प्रदान गर्ने कुरा उनले स्पस्ट पारेका छन् | त्यसै गरि उनले चलचित्रको गीत संगीत पक्षे निकै अब्बल रहेको कुराको समेत जानकारी गराएका छन् | दिपावलीको अवसरमा सारा नेपाली दर्शकहरुलाई आफ्नो तर्फबाट यो सुन्दर कोसेली रहने भनाई उनको रहेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: