Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र घोषणा गरिएको चलचित्र “हेप्पी डेज” को लोकेसनको केहि तस्बिरहरु सार्वजनिक भएको छ | सम्पूर्ण छायांकन युके र स्कटल्याण्डमा हुने तय भएको चलचित्रको अहिले निर्देशक मिलन चाम्स र निर्माता बिपी खनालद्वारा लोकेसनको अबलोकनको काम भैरहेको छ | चलचित्रको छायांकन तयारीका क्रममा केहि समय अगाडी मात्र युके तर्फ प्रस्थान गरेका निर्देशक तथा निर्माता मिलन चाम्सले सामाजिक संजाल फेसबुक मार्फत यी तस्बिरहरु सार्वजनिक गरेका हुन् | तिहार लगतै छायांकन सुरु हुने यस चलचित्रको अहिले धमाधाम तयारी हुदैछ | सार्वजनिक तस्बिरहरु निकै रमणीय देखिनछन् | नेपाली चलचित्रहरु पनि अब बिदेशी भूमिमा छायांकन हुने क्रम बिस्तारै बढिरहेको छ | पछिल्लो पटक केहि समय अगाडी मात्र युरोपको विभिन्न देशमा आफ्नो अधिकांश छायांकन सकेर चलचित्र “लप्पन छप्पन” स्वदेश फिर्ता भएको थियो | अहिले फेरी यो नया चलचित्र “हेप्पी डेज” को समेत सबै छायांकन बिदेशी भुमिमै हुनेछ | यसले गर्दा नेपाली दर्शकहरुले स्वदेशमै बसेर संसारको रमणीय दृश्यहरुको मजा लिने अवसर पाउने हुनेछ |
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र हेप्पी डेज मा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा , हिराल जोशी र डा.अशोक बंसल हुनुहुन्छ | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ |
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
happy-days
अन्तरास्ट्रिय बजारमा नेपाली चलचित्रको बजारलाई विस्तार गरेर एउटा छुट्टै पहिचान बनाइसकेका निर्देशक तथा निर्माता मिलन चाम्सको यो तेस्रो चलचित्र हो | केहि समय अगाडी भाद्र २ गतेबाट नेपालमा प्रदर्शनमा आएको उनको दोस्रो चलचित्र “वीर विक्रम” ले अब यहि आउदो असोज २० गते अर्थात् बिहिबार सर्भादिक सफलताको साथमा ५१ दिन मनाउदै छ | चलचित्रले गुण सिनेमा हल र गोपी कृष्ण हलमा ५१ दिनको आकडा पार गर्नेछ | उनले आफुलाई नेपाली दर्शकहरुको नजरमा स्थापित गराईसकेका छन् | आफ्नो दोस्रो चलचित्र “वीर विक्रम” ले यसरि नेपालमा सफलताको शिखर चुमिरहदा उनि भने दर्शकहरुलाई अर्को उत्कृष्ट चलचित्र प्रदान गर्ने तयारीमा ब्यस्त रहेका छन् | आफ्नो जीवन नेपाली चलचित्र क्षत्रमा समर्पित गरिसकेका उनले आफ्नो दोस्रो चलचित्र “वीर विक्रम” लाई माया गरेर ५१ दिन सम्मको यात्रामा सफल बनाइदिनु भएकोमा नेपाली सम्पूर्ण दर्शकहरु प्रति आभार प्रकट गरेका छन् | त्यस्तै अब आउने आफ्नो तेस्रो चलचित्र यो भन्दा पनि अझै राम्रो र उत्कृष्ट हुने र सबैलाई मनोरंजन प्रदान गर्ने कुरा उनले स्पस्ट पारेका छन् |
OLYMPUS DIGITAL CAMERA
bir-bikram
आफ्नो लागि दर्शकहरु नै भगवानको स्वरुप रहेको र आफुले राम्रो कुरा उहाहरुलाई दिने प्रयास गर्ने र बाकी सबै कुरा दर्शकहरु माथि नै छोड्ने कुरा समेत उनले उल्लेख गरेका छन् | आफुले नेपाली दर्शकहरुको रोजाई बुझेको र सधैब नेपाली दर्शकहरुको हितमा रहेर काम गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् | त्यस्तै अहिले आफ्नो तेस्रो चलचित्रको सिग्र छायांकनको तयारीको लागि युके रहेका उनले आफ्नो कामलाई हेरेर सहि मुल्यांकन गरि कमि कमजोरी औल्याई सल्लहा सुझाब दिएर अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन सम्पूर्ण दर्शकहरुलाई बिनम्र अनुरोध गरेका छन् साथसाथै नेपालीहरुको महान चाड बिजया दशमीको लागि समस्त नेपालमा र नेपाल बाहिर रहनु भएका दर्शकहरुलाई हृदय देखि हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: