Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
दिपावलीको अवसर पारेर कार्तिक १२ गतेको प्रदर्शन मिति ताक्दै चलचित्र “राधा” ले आफ्नो ट्रेलर र गीतहरु हिजो राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरेको छ | कार्यक्रम सम्पूर्ण रंग पत्रकारहरुको उपस्थिति रहेको थियो | कार्यक्रमा चलचित्रका निर्देशक योगेश घिमिरे , निर्माता बिष्णु मणि दाहाल , व्यवस्थापक उत्तम केसी , चलचित्र पत्रकार संगका अध्यक्ष शान्तिप्रिय , नायक जीवन लुइँटेल , नायिका संचिता लुइँटेल , रचनाकार डा. कृष्ण हरि बराल लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो |
कार्यक्रमा बोल्दै निर्देशक योगेश घिमिरेले आफ्नो चलचित्र राधा बिल्कुलै नेपालीत्वो बोकेको चलचित्र हो र यसले सबै नेपालीहरुको मन जित्ने विश्वास समेत ब्यक्त गरेका छन् | त्यस्तै नायिका संचिता लुइँटेलले धेरै समयको अन्तरालमा आफुले अभिनय गरेपनि सबै कुरा राम्रो भएको र दर्शकहरुले खोजेको जस्तो चलचित्र बनेको कुरा उल्लेख गरेका छन् | त्यसै गरि नायक जीवन लुइँटेलले पनि चलचित्रको बारेमा केहि कुरा राखेर अन्तिममा मिठो कविता वाचन गरि आफ्नो भनाई समाप्त गरे |
OLYMPUS DIGITAL CAMERA
चलचित्रको गीत संगीत निकै निकै राम्रो रहेको र यहि नै चलचित्रको एउटा अब्बल पक्षे रहेको जानकारी रचनाकार डा. कृष्ण हरि बरालले बताउनु भयो | रियल मोसन पिक्चर प्रा.लि को प्रस्तुति एबं एञ्जेल मुबी अस्ट्रेलियाको सहकार्यमा बिष्णु मणि दाहाल र शुशिल कार्कीको निर्माणमा बनेको चलचित्रमा जीवन लुइँटेल , संचिता लुइँटेल , उत्तम केसी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको लेखन प्रदिप भारद्वाजले गरेका हुन् | चलचित्रमा डा. कृष्ण हरि बराल , एकनारायण भण्डारी र बसन्त सापकोटाले गीत रचना गरेका छन् भने संगीतकार बसन्त सापकोटाले उक्त गीतहरुमा सुमधुर संगीत भरेका छन् | चलचित्रको छायांकन मान कृष्ण महर्जनले गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: