Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
हाम्रो देश नेपालमा कला र कलाकारिताको कमि छैन | हाम्रो देशको थुप्रै व्यक्तिहरु आफ्नै बाध्यताहरुले विदेश पलाएन हुनुहुन्छ तर पनि बिदेशी भूमिमा रगत पसिना बगाउदा समेत नेपाली संस्कृतिको भने बरोबर जगेर्ना गरिरहनु भएको छ | केहि गर्नको लागि ठाउँ हैन मनको इच्छा र मेहेनत हुनु पर्छ भनेर अगाडी बढिरहेका व्यक्तिहरुको पनि हामी माझ सुची रहेको छ | यसै सुची भित्र पर्न सफल एउटा नाम हो गायक भेस गुरुङ |
bhes-gurung
उनि हाल दुबईमा परिश्रम गरिरहेका छन् तर संग संगै आफ्नो गीत संगीतको भोगलाई पनि मेटाईरहेका छन् | उनले आफु बिदेशी भूमिमा खटेर काम गरिरहेको अवस्थामा समेत केहि समय निकालेर नेपाली गीत संगीत प्रतिको आफ्नो लगावलाई सहि गन्तब्य दिइरहेका छन् | उनले निकै राम्रा राम्रा गीतहरु अहिले सम्म दर्शक माझ प्रस्तुत गरिसकेका छन् | केहि समय अगाडी मात्रै उनको “मेरो माया” बोलको गीत सार्वजनिक भएको थियो | उक्त गीतको निकै राम्रो प्रतिक्रियाले उनमा अगाडी बढ्ने हौसला र जोश जाँगरको बृधि विकास भएको छ | उनि अब चाडै नै आफ्नो नया गीत बाहिर लिएर आउने तयारीमा रहेका छन् | यसपटकको गीत उनको अलि पृथक खालको हुने जानकारी उनले दिएका छन् |
bhes-gurung
bhes-gurung
निकै सरल र सिधा स्वभावका उनि आफु जुन ठाउँमा रहे पनि जुन काममा आबद्ध रहे पनि नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउछन् | सानै देखिको इच्छा र चाहनालाई आज यो बेलामा आएर सहि साधना र मेहेनतको साथमा प्रसपोटन गर्न पाउदा आफुलाई निकै खुसि मिलेको कुरा पनि उनले उल्लेख गरेका छन् | अब आफ्नो नया प्रस्तुतिको लागि नेपाली सम्पूर्ण दर्शकहरुले धेरै समय नपर्खनु पर्ने कुरा उनले प्रस्ट परेका छन् | पछिल्लो पटक जस्तै यस पटक पनि आफुले दर्शकहरुको टेस्टलाई मध्य नजरमा राखेर सबैको मन छुने गीत तयार गर्ने कोसिस गरेको र दर्शकहरुको साथ र मायाले आफु सफल हुने विश्वास समेत उनले ब्यक्त गरेका छन् |
bhes-gurung
दर्शकहरु नै आफ्नो लागि भगवानको स्वरुप भएको र सबै कुरा दर्शकहरुमा नै निर्धारण हुने भएकोले आफु पनि उहाहरु प्रति नै समर्पित रहेको कुरा उनले बताएका छन् | सधैब नेपाली गीत संगीतलाई माया गर्ने र नेपाली दर्शकहरुलाई राम्रो र उत्कृष्ट गीत संगीत प्रदान गर्ने प्रयास गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | त्यसै गरि उनले नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा बिदेशी भुमिबाटै सम्पूर्ण नेपाली दर्शकहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै जहाँ रहे पनि नेपाली गीत संगीतलाई सुनेर माया र सम्मान गरिदिनुहोस र आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा हौसला प्रदान गरिदिनुहुन् बिनम्र अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: