Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीत मात्र नभएर म्युजिक भिडियोको चलन चल्ती पनि नेपाली बजारमा निकै तिब्र रुपमा फस्टाउदै गईरहेको छ | यस दौरानमा म्युजिक भिडियोमा रहेका भूमिकामा समेत देखिएका कलाकारहरु पनि चर्चामा रहेका छन् | यस्तै एक कलाकार हुन् बिनोद पौडेल | उनले धेरै म्युजिक भिडियोमा काम गरिसकेका छन् | उनि क्युएफएक्स अन्तरगत कुमारी हलका म्यानेजर समेत रहेका छन् | उनि एकातिर नेपाली चलचित्रको विकास र प्रबर्धन तर्फ निरन्तर लागिरहेका छन् भने अर्को तर्फ म्युजिक भिडियोको आफ्नो काम गर्ने इच्छालाई समेत बखुबी सहि ढंगमा निभाई रहेका छन् |
binod-paudel
binod-paudel
उनले भर्खरी मात्र सार्वजनिक भएको “छुटी जाने माया” बोलको गीतको म्युजिक भिडियोमा कुशल अभिनय गरेका छन् | उनि संगै उक्त म्युजिक भिडियोमा नायिका अनु शाह र किरातले अभिनय गरेका छन् | यस गीतमा बिनोद पौडेलले भिलेनको पात्र निर्वाह गरेका छन् | यो भन्दा अगाडी पनि उनले भिलेनकै भूमिकामा काम गरिसकेका छन् | सार्वजनिक उक्त भिडियोको निर्देशन योञ्जन लामाले गरेका हुन् | निकै राम्रो राम्रो म्युजिक भिडियोहरु तयार पारेर दर्शकहरु माझ प्रस्तुत गरिसकेका उनले यस म्युजिक भिडियोमा समेत आफ्नो दक्षता प्रस्तुत गरेका छन् | गीतको भिडियो निकै राम्रो रहेको छ र अहिले युटुबमा हामी सबैले त्यसको अवलोकन गर्न सक्दछौ | गीतको म्युजिक भिडियो माया प्रेम र प्रतिशोदमा केन्द्रित रहेर निर्माण भएको छ |
binod-paudel
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: