Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्रै चलचित्र “लालजोडी” निर्देशन गरेका संचारकर्मी तथा निर्देशक लक्ष्मण सुबेदीले आफ्नो नया चलचित्र “टुना मुना” को घोषणा गरेका छन् | उनले यो चलचित्र आफ्नै स्वयमकै कम्पनि दिलाशा क्रियशनको व्यानरबाट निर्माण गर्न लागेका हुन् | त्यसै चलचित्रको निर्माता लेखक तथा निर्देशक आफै रहेको कुरा समेत उनले खुलासा गरेका छन् |
अहिले स्क्रिप्टको काम तिर लागिरहेको छु भन्दै दशैं लगतै चलचित्रको सांगीतिक काम सुरु हुने जानकारी समेत उनले दिएका छन् | एक्सन थ्रिलर जेनेरमा तयार हुने यस चलचित्रलाई दर्शकको टेस्ट संग जुधाएर बनाइने कुरा उनले उल्लेख गरेका छन् |
आफ्नो पछिल्लो चलचित्र प्रति दर्शकहरुको प्रतिक्रियाले आफुलाई अझै नया काम गर्न जोश र जाँगर थपिदिएको र हौसला समेत प्रदान गरेको कुरा उनले बताएका छन् | अब आउने चलचित्र निकै नै राम्रो बनाउने कोसिस गर्ने र दर्शकहरुलाई कदापी निराश नबनाउने प्रतिबद्धता उनले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: