Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बलिउड नायक जोन अब्राहमको आउदै गरेको फिल्म “फोर्स-२” को ट्रेलर सार्वजनिक गरिएको छ | सार्वजनिक ट्रेलरमा बलिउड नायिका सोनाक्षी सिन्हा दमदार एक्सन गरिरहेकी देखिएकी छिन् | फिल्मलाई निर्देशक अभिनय देवले निर्देशन गरेका हुन् | यो फिल्म केहि बर्ष अगाडी आएको फिल्म “फोर्स” को सिक्वेल हो |
force-2
यस चलचित्रको छायांकनको दौरानमा नायक जोन अब्राहम धेरै पटक घाइते समेत भएका थिए | यो फिल्मको बेलामा उनको ३ पटक घुडाको अप्रेसन भएको थियो भने दुवै हात समेत भाचिएको थियो र ढाडमा समेत गम्भीर चोट आएको थियो | फोर्स को सिक्वेल ‘फोर्स 2’ मा यस पटक भने एसीपी यशवर्द्धन निकै टफ र इंटेंस लुकमा देखिएका छन् |
केहि समय अगाडी मात्रै यस फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो | जानकारीको अनुसार फिल्मको कहानी पछिल्लो पटक जहाँ सकिएको थियो त्यहिबाट सुरु हुनेछ | हुन सक्छ सोनाक्षी पनि यस फिल्ममा केहि एक्सनको साथ प्रस्तुत हुनेछिन | यो भन्दा अगाडिको उनको फिल्म अकिरा मा समेत उनि एक्सन अवतारमा नै देखिएकी थिइन् |
फिल्म १८ नोवेम्बेर देखि प्रदर्शनमा आउने छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: