Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १९ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “जात्रा” ले आफ्नो प्रोमोशन व्यापक बनाउदै लगिरहेको छ | यसै बीच एक अन्तर्वार्तामा बोल्दै चलचित्रका मुख्य कलाकार बिपिन कार्कीले आफ्नो भूमिका बारे केहि खुलासा गरेका छन् | हरेक पल्ट बिल्कुलै फरक भूमिकामा देखिन माहिर रहेका यी कलाकार यस पटक यस चलचित्रमा भने एक स्टेशनरी व्यापारीको भुमिकामा रहेको स्पस्ट पारेका छन् | “छड्के” चलचित्रमा “बिन्दु” नामक भूमिकाबाट चर्चामा आएका उनलाई “पशुपतिप्रसाद” को “भष्मे” नामक पात्रले दर्शक माझ अझै चर्चामा उठाएको थियो |
jatra
उनले पत्रकार संग बोल्दै भने यो पटक आफ्नो भूमिका निकै फरक छ र दर्शकहरुले आफ्नो यो अभिनयलाई पनि मनपराईदिनु हुने विश्वास राखेको छु | अहिलेको हाम्रो समाजको बास्तविक घटनालाई मध्य नजर गरेर चलचित्रमा पैसाको महत्वोको बारे केन्द्रित रहेर चलचित्र कथा बस्तु तयार भएको जानकारी समेत उनले दिएका छन् | त्यसै गरि पैसा हुनु र नहुनुको परिणामको कुरालाई पनि चलचित्रमा उतार्न खोजिएको कुरा उल्लेख गरेका छन् |
jatra
शत्कोन आर्ट्स प्रोडकसनको ब्यानरमा प्रदीप भट्टराईको प्रस्तुति रहेको चलचित्रमा बिपिन कार्की , रबिन्द्र सिंह बानिया , रबिन्द्र झा , वर्षा राउत , प्रेच्या बज्राचार्य , प्रकाश घिमिरे , प्रवीन खतिवडा , कमलमणि नेपाल , भोलाराज सापकोटा , नीलकाजी शाक्य , साजन थापा मगर , प्रियंका झा , सुरेश कार्की , सफर पोखरेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता तर्फ सिंगे लामा र यादव पौडेल रहेका छन् | त्यस्तै रबिन्द्र सिंह बानिया चलचित्रका कार्यकारी निर्माता रहेका छन् | चलचित्रका लेखक निर्देशक प्रदीप भट्टराई रहेका छन् | चलचित्र “जात्रा” ले अब दर्शक माझ कस्तो जात्रा देखाउने हो त्यो भने समयले बताउने छ |
jatra
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: