Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्रै राजधानीमा एक कार्यक्रम बीच घोषणा गरिएको चलचित्र “लालपुर्जा” को लिड नायिकाको बारेमा खुलासा भएको छ | चलचित्रको केहि दिन अगाडी गरिएको पत्रकार सम्मेलनमा नायक सौगात मल्ल संग दुई नायिका मेनुका प्रधान र मेरिना मगरले रोमान्स गर्ने कुरा प्रस्ट पारिएको थियो | तर फेरी अहिले छायांकनको बेलामा भने नया नायिकाको पनि खुलासा गरिएको छ | ति नया नायिका हुन् शृष्टि श्रेष्ठ |
laal-purja
चलचित्रको सुटिङ सुरु हुँदै गर्दाको सामुहिक तश्विर सेयर गर्दै निर्माता टेकेन खड्काले सृष्टि पनि फिल्ममा रहेको खूलाएका हुन् । त्यस्तै चलचित्रका अर्का निर्माता माधव वाग्लेले यसरि पछि आएर यो किसिमको खुलासा गर्नु आफ्नो नया तरिका रहेको कुरा बताएका छन् | उनले भने शृष्टि नै चलचित्रको लिड नायिका हुन् र यो कुरा हामीले केहि समयको अन्तरालमा खोल्ने योजना रहेको थियो |
laalpurja
त्यसै पनि अहिले नायक सौगात मल्ल र नायिका शृष्टि श्रेष्ठको प्रेम सम्बन्धको कुराले बजार तताएको छ | यहि बेलामा यसरि यो किसिमको चलचित्रमा खुलासा हुनुले सबैको ध्यान अन्तै तिर मोडेको छ | कतै सौगातले नै शृष्टिलाई यस चलचित्रमा आफु संगै अनुबन्धित गरेका त हैनन लगाएतका कुराहरुले फेरी ठाउँ पाएको छ | अब अगाडी के हुनेछ त्यो भने पक्कै समयले बताउने छ |

Leave a Reply

%d bloggers like this: