Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र “झुम्की” ले सबै दर्शकहरुको मन जित्न सफल रहेको छ | अरु चलचित्र भन्दा बिल्कुलै फरक धारमा तयार भएको यस चलचित्रको कथा बस्तु र प्रस्तुतिलाई दर्शकहरुले निकै रुचाउनु भएको छ | चलचित्रमा समावेश गीत संगीत त्यसै गरि चलचित्रमा कलाकारहरुको अभिनय सबैले दर्शकहरुको मन छोएको छ | चलचित्रले अहिले सम्मको रिपोर्ट अनुसार चारैतिर राम्रो व्यापार गर्नुको साथै प्रशंसा समेत बटुलिरहेको छ |
jhumki-1
नियमित बनिरहने चलचित्र भन्दा केहि फरक अन्दाजमा तयार भएको यस चलचित्रले नेपाली चलचित्रको बाटो नया दिशा तर्फ मोडेको छ | सधै जसो एकै किसिमको बिषय बस्तु र तरिका अपनाएको चलचित्रको नियमलाई यस चलचित्रले तोडेको छ | नेपाली चलचित्रले पनि धेरै जेनेरमा आफ्नो पाईला सार्न सक्दछ भन्ने कुरालाई यस चलचित्रले साबित गरेको छ | सधै एकै धारको चलचित्रको बनोटले नेपाली चलचित्र क्षेत्रको विकास उन्मुख नगर्ने र नया टेस्ट र नया तरिकाको जरुरी रहेको कुरालाई यस चलचित्रले उजागर समेत गरेको छ |
jhumkee
अपिल बिष्ट फिल्म्स प्रोडकसन र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्र “झुम्की” मा नायक दयाहाङ्ग राई संगै रिश्मा गुरुङ , निश्चल बस्नेत , मनोज आर.सी , भोलाराज सापकोटा , प्रमोद अग्रहारी , रबिन्द्र सिंह बानिया , सुष्मिता कार्की , प्रेम वर्षा खड्का र मलिना जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका देख्न सकिन्छ | त्यसै गरि चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ | चलचित्रमा कालीप्रसाद बास्कोटा र हेमन्त रानाको संगीत समावेश रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: