Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतले नया दिशा तर्फ बाटो मोडिरहेको बेलामा यस क्षत्रमा रहेका कलाकारहरु पनि निकै उत्साहित भएर यस क्षत्रमा डटेर लागिरहेका छन् | अहिले निकै फरक शैलीमा गीत संगीतको उत्पत्ति हुने क्रम बढ्दो छ | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर कलाकारहरुले पनि आफ्नो प्रतिभालाई नया रुप दिन थालेका छन् | यसै बीच फेरी अब आफ्नो नया प्रस्तुतिको साथमा गायक सुहाङ्ग लिम्बु उपस्थित हुदै छन् | उनको केहि समय अगाडी मात्रै “बुझेनौ तिमीले” बोलको गीत सार्वजनिक भएको थियो | अब फेरी चाडै नै उनको नया शैलीमा रहेको नया गीत दर्शकहरु माझ सार्वजनिक हुने तयारीमा रहेको छ | उनको अब नया प्रस्तुति भने गायिका मेलिना राई संगको रहेको छ | अहिले ब्यस्त गायिकाको उपनाम पाएकी उनि आफ्नो स्वरको जादुले सबैलाई मन्त्रमुग्ध पार्न सफल छिन् | उनि संगको यो सहकार्यले गायक सुहाङ्ग लिम्बुको नया प्रस्तुतिलाई अझै राम्रो बनाउने छ भन्दा कुनै फरक नपर्ला |
नेपाली गीत संगीतमा केहि समय अगाडी मात्रै आफ्नो पाईला राखेता पनि गायक सुहाङ्ग लिम्बुको यस क्षत्र प्रतिको लगाव निकै पहिले देखिको हो | सानै देखिको इच्छा र चाहनालाई परिपूर्ति गर्दै उनि अहिले यस क्ष त्रमा तिब्र रुपमा अगाढी बढ्ने क्रममा रहेका छन् | उनको अब आउने नया गीतमा समेत उनको आफ्नै शब्द संगीत समावेश रहेको छ | अबको उनको नया प्रस्तुति कस्तो हुनेछ र कति दर्शकहरुको मन जित्ने छ भन्ने कुराको लागि भने केहि समय कुर्ने पर्छ |

Leave a Reply

%d bloggers like this: