Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
यहि आउदो चैत्र १८ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लालटिन” को सबै श्रव्य गीत सार्वजनिक भएको छ | युटुब द्वारा सार्वजनिक गरिएको अडियो जुकेवक्समा चलचित्रमा समावेश पाँच वटा गीत सुन्न सकिनेछ | सार्वजनिक गीतहरुमा स्वर आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठको छ ।
laalteen
सार्वजनिक गीतहरु केहि पार्टी सोङ्ग र केहि मन छुने सेन्टीमेन्टल सोङ्गको मिश्रण रहेको छ | चलचित्रको गीत संगीत पक्षेलाई चलचित्र निर्माण टिमले चलचित्रको अब्बल पक्ष पनि मानिरहेको छ | अहिलेको युवा पुस्तामा समर्पित रहेर तयार गरिएको गीत संगीतले सबैको मन छुने विश्वास निर्माता भानुप्रतापले व्यक्त गर्नु भएको छ |
laalteen
एम सन्स पिक्चर्सको व्यानरमा भानुप्रताप प्रस्तुतकर्ता रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नायक दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप , जनक बर्तौला, रिया श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ |
हेर्नुस जुकेवक्स :

Leave a Reply

%d bloggers like this: