Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
laalpurja
अहिले दिन प्रति दिन नेपाली चलचित्रको निर्माण हुने क्रम निकै तिब्र रहेको छ | यस किसिमले नेपाली दर्शकहरुले पनि राम्रो चलचित्रहरुको अवलोकन गर्ने मौका समेत पाउनु हुनेछ | यहि बिचमा निर्माता माधव वाग्लेले आफ्नो नया चलचित्र “लालपुर्जा” को राजधानीमा एक कार्यक्रम बीच घोषणा गरेका छन् | उनले निर्देशक निगम श्रेष्ठको टिमअपमा आफ्नो यस चलचित्रको थालनी गर्न लागेका हुन् | उनले यो भन्दा अगाडी छड्के चलचित्रको निर्माण गरेर दर्शकहरु माझ आफुलाई स्थापित गरिसकेका छन् |
चलचित्रमा नायक सौगात मल्ल , कामेश्वोर चौरासिया , मेनका प्रधान, विपिन कार्की, हरिहर शर्मा लगायतका कलाकारहरु अभिनयमा रहेका छन् | त्यस्तै नव नायिका मिरुना मगरले यसै चलचित्र मार्फत रजतपटमा पाईला राख्दै डेब्यु गर्ने भएकी छिन् |
निर्देशक निगम श्रेष्ठ र बिक्रम सिंहको कथा र सुदिप बिडारीको पटकथा रहेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहने छ | यस्तै माधव वाग्लेले टेकेन खड्कासँग निर्माणमा साझेदारी गरेको चलचित्र प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शनको व्यानरमा तयार हुनेछ ।
कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले चलचित्रको लमजुङको एक गाउँमा सम्पुर्ण छायाँकन सकाईने र चलचित्रले पहाडिया र मधैशी दुई मुलका पात्रको कथा बोल्ने कुरा पनि खुलासा गर्नु भएको छ । चलचित्रको नाम “लालपुर्जा” जग्गाको बिषयमा केन्द्रित रहेको हुनाले चलचित्रको कथा बस्तु यसैको सेरोफेरोमा तयार हुने कुरा पनि उहाले उल्लेख गर्नुभएको छ |
चलचित्र असोज १० बाट फ्लोरम जाने र नयाँ बर्षको छेकोमा २०७४ को बैशाखमा प्रदर्शन गरिने जानकारी पनि निर्माण पक्षेले दिएको छ |

Leave a Reply

%d bloggers like this: