Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपालीहरुको महान चाड बडा दशैं अहिले सबैको घर आगन नजिकै आइसकेको छ | यो बखतमा नेपालमा थुप्रै संस्कृतिक कार्यक्रमको लहर चलेको छ | नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विभिन्न कार्यक्रमको साथमा नेपालीहरुको यो चाडलाई भब्यताको साथमा मनाइने गर्दछ | नेपाल बाहिर पनि हाम्रो संस्कृतिलाई जोगाउनको निमित्त सबै लागिरहेका छन् | यसै बिचमा आफ्नो प्रयासहरु अगाडी सर्दै अघि बढ्दै छन् रचनाकार गोपी दाहाल |
उनले आफुलाई एक सफल रचनाकारको रुपमा स्थापित गरिसकेका छन् | उनि अमेरिकामा रहेर पनि नेपाली दर्शकहरुलाई आफ्नो सुन्दर रचनाहरु प्रस्तुत गरिरहेका छन् | यहि यात्रामा उनले भुटानिज युथ अफ सिन्सिन्याटीको प्रस्तुतिमा अमेरिकामा “दशैं तिहार धमाका २०१६” नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् | उनको यस कार्यक्रममा राजेश पायल राई , किरण गजमेर लगाएतका चर्चित नेपाली कलाकारहरुको प्रस्तुति हेर्न पाइने छ | उनले थुप्रै आफ्नो उत्कृष्ट रचनाहरु दर्शकहरु माझ प्रस्तुत गरेर आफ्नो पहिचान स्थापित गरिसकेका छन् |
हामी जहाँ रहे पनि हामी पहिला नेपाली भएका हुनाले आफ्नो संस्कृतिको सम्मानको साथसाथै यसको जगेर्ना पनि गर्नुपर्छ भन्ने खालको मान्यता उनि राख्दछन् | उनले देशबाट टाढा रहेका नेपालीहरुलाई एक साथ भेला गराउन र नेपाली संस्कृतको उत्थान गर्नको लागि यो कार्यक्रमको आयोजना गर्न लागेको कुरा स्पस्ट पारेका छन् |
अमेरिकामा थुप्रै नेपालीहरुको जमघट रहेको तर उचित स्थान र अवसर नपाएर देश र देशको संस्कृतिको लगावलाई बिसाउन समेत नपाएको कुरा पनि उनले उल्लेख गरेका छन् | नेपालीहरुको यो ठुलो चाड बडा दशैंको अवसरमा खुलेर पर्ब मनाउनको लागि यो कार्यक्रमले एउटा उचित बातावरणको निर्माण गर्ने विश्वास उनले ब्यक्त गरेका छन् | यही आउदो अक्टुबर ८ तारिखमा उनको यस कार्यक्रमको आयोजना हुदैछ | यसका साथै उनले सम्पूर्ण नेपालीहरुलाई त्यस कार्यक्रममा उपस्थित हुन हृदय देखि आग्रह समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: