Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली सांगीतिक क्षत्रमा नया प्रस्तुतिको आगमन निकै तिब्र हुन थालेको छ | यसै बीच आफ्नो नया प्रस्तुतिको साथमा गायिका पविता पुमा राई दर्शक माझ उपस्थित भएकी छिन् | उनले हिजो मात्रै अनामनगर स्थित मण्डला थिएटरमा आफ्नो दोस्रो एल्बम “मौकैले हो कि” सार्वजनिक गरेकी छिन् | उनको यो एल्बम लोक तथा आधुनिक गीतहरुको संगालो हो | उनको यस एल्बममा “मौकैले हो कि” , “उकाली ओराली” , “एकोहोरो भयौ” , “तिम्लाई” , “पहिलो भेटमै” , “टाढा टाढा” , “मेरो मनको” गरि ७ वटा गीत समावेश रहेका छन् | उनको यस गीतहरुमा रुबेन पुन मगर , लालमान राई , व्याकुल माईला , लक्ष्मीप्रसाद घिमिरे , बडाजीत राई र सुरज राई जस्ता रचनाकारहरुको रचना समावेश छन् | त्यस्तै संगीतकार तर्फ भने सुरज राई , डी.आर .’अटु’ , बडाजीत राई र खडकबहादुर राई हुनुहुन्छ |
आयोजित कार्यक्रममा प्रमुख अथिति श्रवण मुकारुङको साथमा संगीतकार पारस मुकारुङ र गीतकार रमेश पौडेलको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा सबैले एल्बमलाई ब्याख्या बिस्लेषण र टिका टिप्पणी गरेका थिए | कार्यक्रममा एल्बममा समावेश “मौकैले हो कि” बोलको गीतको म्युजिक भिडियो पनि देखाइएको थियो | नेपाली कला संस्कृतिक क्षत्रमा निकै लामो समय देखि आबद्ध रहेकी गायिका पविता पुमा राई ६ बर्ष पछि आफ्नो दोस्रो एल्बमको साथमा नेपाली दर्शक सम्क्ष उपस्थित भएकी छिन् | निकै राम्रो स्वरकी दिन उनले कार्यक्रममा बोल्दै आफुले राम्रो प्रस्तुति दर्शक माझ राख्ने प्रयास गरेको र यसमा केहि कमि कमजोरी भए औल्याएर सल्लहा सुझाब प्रदान गरि अगाडी बढ्न हौसला जुटाईदिनु हुन सम्पूर्ण दर्शकहरुलाई हृदयबाट आग्रह समेत गरेकी छिन् |

Leave a Reply

%d bloggers like this: