Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
जल श्रोतको दोस्रो धनि देश हुदा समेत हाम्रो देश नेपालमा जनताहरु यो २१ औ सताब्दीमा पनि लोडसेडिङ्गको समस्याबाट गुज्रीरहनु परेको छ | धेरै ठाउँहरुबाट पहल भएको पनि हो तर अहिले सम्म पनि सुधार भने भएको देखिदैन | सम्बन्धित निकायहरुलाई विभिन्न ठाउँहरुबाट सबैले पहलको जोड दिइरहनु भएको अवस्था पनि हो | यसै बिच चलचित्रको माध्यमबाट पनि यो कुराको लागि पहल गर्न सकिन्छ भन्ने उदहारण एक युवाको टिमले सत्य साबित गरिदिएको छ | प्रशंग हो चलचित्र “बिजुली मेसिन” को | अहिले सम्मको इतिहासमा बिल्कुलै फरक र पृथक सोचको साथमा यो चलचित्रको बिषयबस्तु निर्धारण गरिएको छ | चलचित्रलाई अहिलेको युवा पिडिको नया सोच बोकेका युवाहरुले निर्माण गरेका हुन् |
bijuli-machine
bijuli-machine
चलचित्रमा अभिषेक सुबेदी , जीवन अधिकारी , रेलिजा श्रेष्ठ , आश्रय भट्टराई , राजेश हमाल , आकाश मगर , अमृत बाबु केसी , अभिसेश नेपाल , जिबन भट्टराई , अशेष लुइँटेल , रिअर राई , बुद्धि तामाङ्ग , लक्ष्मी भुसाल र कमल मणि नेपाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम नविन अवालले गरेका छन् | चलचित्रको निर्माता तर्फ भने रिशव आचार्य , संजीव न्यौपाने , दिपेश बस्नेत , बिन्दु तिमिल्सिना र सन्तोष लामिछाने रहेका छन् | चलचित्रमा रोहित शाक्यको संगीत र हरि हुमागाईंको छायांकन रहेको छ |
bijuli-machine
चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भैसकेको छ | चलचित्रको सार्वजनिक ट्रेलर हेरिसकेपछि चलचित्रलाई लिएर अधिकांश दर्शकहरुमा धेरै नै उत्सुकता समेत रहेको छ | चलचित्रमा आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने काल्पनिक कुरालाई निकै सहज र सहज ढंगमा प्रस्तुत गर्ने प्रयास गरिएको छ | चलचित्रले देशको अहिलेको तत्कालिन लोडसेडिङ्गको समस्या र त्यसको गरिन सक्ने समाधानलाई प्रस्ट रुपमा देखाएको छ | अहिले पनि हाम्रो देश नेपालको अधिकांश ठाउँहरुका मानिसहरु अध्यारोमा बस्न बाध्य छन् | गरिबीको कारण मैनबत्ति किन्न समेत असमर्थ छन् हाम्रो देशका अधिकांश जनताहरु | महिनाभरि मैनबत्ति किनेर उज्यालोमा बसेर रात बिताउने पैसाले त चामल नै आउछ खालको कुराको पनि दुरुस्तै चित्रण यस चलचित्रमा गरिएको छ |
bijuli-machine
चलचित्रले नेपालको अहिलेको तत्कालिन मुख्य समस्याको बारे खुलासा गर्नुको साथै कोसिस गर्यो भने यसको समाधान पनि गर्न सकिन्छ भन्ने दरिलो उदहारण हामी माझ प्रस्तुत गर्ने प्रयास गरेको छ | चलचित्रको यो किसिमको प्रयासले सम्बन्धित निकायको जति सक्दो चाडो केहि हद सम्म ध्यान आकर्षण हुने कुरामा हामी आशावादी हुनैपर्छ | चलचित्रले मनोरंजन प्रदान गर्नुको साथै निकै राम्रो संदेश दर्शकहरु माझ दिनेछ | देशको विकास अरुले हैन हामी आफै देशबासीले गर्नुपर्छ र यो अत्याधिक जरुरी छ भन्ने गहिरो भावनाको विकास समेत यस चलचित्रले गर्दछ | अब चलचित्र कस्तो बनेको छ र यसले कुन हद सम्म देशको सरकार र देशबासीमा जनचेतनाको साथै गहिरो संदेश प्रवाह गर्नेछ भन्ने कुराको लागि भने चलचित्र प्रदर्शन मिति कुर्नैपर्ने हुन्छ | आशा गरौ चलचित्रले देशको यो जटिल समस्याको समाधान खोज्नको लागि समबन्धित निकायको ध्यान आकर्षण गराउनुको साथै मदत समेत गरोस | चलचित्रले दिपावलीको अवसर पारेर कार्तिक २६ को लागि आफ्नो प्रदर्शन मिति तय गरेको छ |
bijuli-machine
bijuli-machine
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: