Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
माघ २१ मा प्रदर्शन मिति तोकेको चलचित्र “लप्पन छप्पन” का निर्देशक मुकुन्द भट्ट हुन् | उनको हिजो जन्म दिन परेको छ | उनले सुटुक्कै आफ्नो जन्म दिन मनाएका छन् | नेपालको धनगडी जिल्लामा १९९० सेप्तेम्बेर १४ मा उनको जन्म भएको थियो | अत्याधिक हो हल्ला र भिड भाड बाट टाढा रहन मन पराउन रुचाउने उनले आफनै तरिकाले जन्म दिन मनाएका छन् | लामो समय देखि यस नेपाली क्षत्रमा आबद्ध रहेका उनि अहिले लप्पन छप्पन को सम्पादनमा ब्यस्त छन् | निकै सरल र सहज ब्यक्तित्वोको व्यक्ति उनि कामको मामलामा भने निकै कडा छन् | काम नै धर्म हो भन्ने खालको मान्यता राख्ने उनि सबै संग निकै मिलनसार रहेका छन् | आफुलाई एक्लै रमाउन मन लागेकोले जन्म दिन आफ्नै तरिकाले मनाएको कुरा मनोरंजनसंसार डटकम संग उनले बताएका छन् |
lappan-chappan
lappan-chappan
शोर्ट मुवी र डकुमेनट्री चलचित्रबाट यस क्षत्रमा पाईला राखेका उनले आफ्नो जीवनमा धेरै अनुभवहरु बटुलिसकेका छन् | उनले आफ्नो अनुभव र सिकेको कुराहरुलाई आफ्नो पहिलो चलचित्र “लप्पन छप्पन” मा लागु गरेको कुरा समेत जानकारी दिएका छन् | उनको यस चलचित्र अधिकांश छायांकन युरोपको विभिन्न देशहरुमा गरिएको छ जुन नेपाली चलचित्र इतिहासमा पहिलो पटक समेत हो | उनको जन्म दिनको खुसीको पलको लागि र उनको उत्तर उत्तर प्रगतिको कामना गर्दै हाम्रो मनोरंजनसंसार डटकम परिवारको तर्फबाट उहालाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |
lappan-chappan

Leave a Reply

%d bloggers like this: