Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
gaatho
भाद्र ३१ गते शुक्रबारबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले आज जय नेपाल हलमा आफ्नो प्रिमिएर गर्दैछ | त्यसै गरि चलचित्र टिमले कमलपोखरी स्थित सिटी सेन्टरको फूड कार्टमा आज साझ ४ बजे बिग बिङ्गो खेल समेत खेलाउदै छ | सहभागी भएर जित्नु हुने महानुभावले चलचित्र टिम संग बसेर प्रिमिएर हेर्न मौका पाउनुहुनेछ |
gaatho
बट वाल इन्टरटेनमेन्टको ब्यानरमा सुरज भुसालको प्रस्तुति रहेको चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रले आफ्नो पहिलो ट्रेलर र अडियो समेत सार्वजनिक गरिसकेको छ | प्रस्तुत ट्रेलर र अडियो गीत अहिले सबैतिर लोकप्रिय भैरहेको छ | चलचित्रका निर्देशक सुरज भुसाल हुन् भने निर्माता स्वयम सुरज भुसाल र तिलक बहादुर क्षत्री हुन् | दर्शक माझ “मौन” र “होस्टेल रिट्रनस” जस्ता सफल चलचित्र प्रस्तुत गरिसकेका उनको यो तेस्रो चलचित्र हो | निकै नै सस्पेन्स कथामा तयार गरिएको चलचित्रको ट्रेलरले समेत निकै कुराको आभास गराउदछ |
gaatho
चलचित्रले धेरै तरिकाहरुबाट आफ्नो प्रोमोशन व्यापक बनाइरहेको छ | केहि समय अगाडी चलचित्र टीमले मोटरसाइकल र्याली , चित्रकला प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ | त्यस्तै चलचित्रले उपत्यका भित्र मात्र नभएर उपत्यका बाहिर समेत गएर कलेजहरुमा कार्यक्रम गरि विचार बिमर्श समेत आदान प्रदान गरिसकेको छ | त्यस्तै चलचित्रले आफ्नो चलचित्रको गीतको कवर भिडियो मेकिङ्ग प्रतियोगिता समेत चलाएको छ | चलचित्रको अहिले युवा पुस्तामा निकै चर्चा रहेको छ | अहिलेको युवा पुस्ताका नायक नजिर हुसेनको क्रेज र निर्देशक सुरज भुसालको दर्शकलाई सधै फरक कुरा प्रस्तुत गर्ने यो खुबीले चलचित्रले निकै राम्रो सफलता पाउने अड्कल थुप्रै विश्लेषकहरुले लगाएका छन् | त्यस्तै चलचित्रले निकै राम्रो व्यापार गर्ने र सबै दर्शकहरुको ध्यान आकर्षण गर्ने अनुमान अधिकांश हल ब्यवसाईहरुको रहेको छ |
gaatho
gaatho
gaatho
चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुले आनन्द लिन सक्ने कुरा निर्देशक सुरज भुसालले बताएका छन् | हरेक पटक जस्तै यस पल्ट पनि अलि फरक र पृथक प्रस्तुति दर्शकहरु माझ राख्ने प्रयत्न गरेको र दर्शकहरुले हेरेर सहि मुल्यांकन गरिदिनुहुने विश्वास उनले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
gaatho
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: