Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
गत भाद्र ३ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको सर्भादिक सफल चलचित्र “वीर विक्रम” लिएर नायक दयाहाङ्ग राई अस्ट्रेलिया जादै छन् | सुपरहिट चलचित्र “वीर विक्रम” लिएर नायक दयाहाङ्ग राई भोलि १ हफ्ताको बिशेष प्रदर्शनीको लागि अस्ट्रेलिया जानेछन् | नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा गोविन्द भण्डारी , बिनोद पौडेल , भुपाल सिटौला , बिमल गौतम र कोमल पाठकको सामिप्येमा चलचित्र “वीर विक्रम” लाई अस्ट्रेलियामा प्रदर्शन गर्न लागिएको हो | त्यसै गरि चलचित्र “वीर विक्रम” १६ सेप्टेम्बर सिड्नी स्थित सिनेमाज जेओर्ज एसटी , १७ सेप्टेम्बर सिड्नी स्थित ब्युरुडमा र १८ सेप्टेम्बर सिड्नी स्थित हुर्स्टविललेमा प्रदर्शन हुदैछ | चलचित्रले नेपालमा अत्याधिक सफलता हात पारिसकेको छ | त्यस्तै चलचित्र हेरेर भरपुर मनोरंजन लिएर सहि मुल्यांकन गरि आफ्नो प्रतिक्रिया सहित सल्लहा सुझाब प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शकहरुलाई चलचित्र “वीर विक्रम” का निर्देशक तथा निर्माता मिलन चाम्सले हार्दिक अनुरोध गर्नुभएको छ |
bir-bikram
bir-bikram

चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् |
bir-bikram
हेर्नुस ट्रेलर :


हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: