Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
सुपरहिट चलचित्र “वीर विक्रम” का निर्देशक मिलन चाम्सले आफ्नो अर्को तेस्रो चलचित्र “हेप्पी डेज” को सोमबार राजधानीमा एक कार्यक्रम बीच घोषणा गर्नुभएको छ | काठमाडौँको कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारहरुको बिचमा उहाले यो घोषणा गर्नुभएको हो | चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको यस चलचित्रमा निर्माता तर्फ बिपी खनाल , भवानी शर्मा , हिराल जोशी र डा.अशोक बंसल हुनुहुन्छ | चलचित्रको निर्देशनको जिम्मा भने निर्देशक मिलन चाम्सले नै लिनुभएको छ | चलचित्रमा दयाहाङ्ग राई , प्रियंका कार्की , संजय गुप्ता , बिक्की जोशी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत रहने छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहने यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | चलचित्रको सम्पादन तर्फ भने अर्जुन जिसीको हात रहने छ |
OLYMPUS DIGITAL CAMERA
आयोजित कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले “वीर विक्रम” लाई सर्भादिक सफल बनाइदिनु भएकोमा सबैलाई हार्दिक धन्यबाद समेत दिनुभएको थियो | त्यसै गरि उहाले आफ्नो यो चलचित्र पछिल्लो आफ्नो २ चलचित्र भन्दा निकै फरक तथा पृथक रहेको र पहिलेको भन्दा पनि अझै उत्कृष्ट बनाउने प्रयास आफुले गर्ने विश्वास समेत ब्यक्त गर्नुभएको छ | चलचित्र कमेडी र सोसल ड्रामामा आधारित रहने कुरा समेत उहाले खुलाउनु भएको छ | त्यसै गरि चलचित्रमा नेपाली र बेलायती दुवै टेकनिसियनको संलग्नता रहने कुरा पनि उहाले खोल्नु भएको छ | त्यसै गरि चलचित्रको सबै छायांकन युके स्थित स्कटल्याण्ड , वालेस र इंगलैंड लगाएतका ठाउमा हुनेछ | चलचित्रको कुल लागत १ करोड ७० लाख रहेको र यसै भित्र सबै काम समाप्त गर्ने योजना आफुहरुको रहेको कुरा समेत उनले स्पस्ट पार्नु भएको छ | यसै गरि चलचित्रको १४ अक्टुबर २०१६ बाट छायांकन सुरु हुने र २०१७ को अप्रेल सम्ममा प्रदर्शन गर्ने आफुहरुको योजना रहेको कुरा उहाले उल्लेख गर्नुभएको छ |
OLYMPUS DIGITAL CAMERA
चलचित्रमा एक पटक फेरी नायक दयाहाङ्ग राई र नायिका प्रियंका कार्कीको जोडी देख्न पाइने भएको छ | चलचित्रको स्क्रिप्ट निकै राम्रो रहेको र आफुलाई सुहाउने भूमिका रहेको हुनाले पनि आफु यस चलचित्रमा अभिनयको लागि तयार भएको कुरा नायक दयाहाङ्ग राईले बताउनुभएको छ | त्यस्तै चलचित्रमा रहेको आफ्नो भूमिका संगैको अवतारमा उपस्थित भएकी नायिका प्रियंका कार्कीले चलचित्र बिषय बस्तु औधी नै मन छुने रहेको र आफुले आफ्नो तर्फ बाट सत प्रतिशत न्याय दिने प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् | त्यस्तै कार्यक्रममा उपस्थित सबैले निर्देशक मिलन चाम्स सहितको उनको टिमलाई शुभकामना दिएका थिए |
OLYMPUS DIGITAL CAMERA
प्राप्त जानकारी अनुसार चलचित्रले २ युवाको कथा बोल्दछ जो पढ्न र पैसा कमाउने उदेश्यले बेलायत तर्फ लागेका हुन्छन | त्यसपछि त्यहाँ उनीहरुको एक सुन्दर नेपाली केटी संग भेट हुन्छ जसको हातमा बेलायतको नागरिकता हुन्छ | उनिहरु दुवै त्यस केटीको मायामा पर्दछन् | त्यस पश्च्यात यी दुई युवाको जीवनमा उत्पन्न हुने दरार र तक्रारमा सारा कथा केन्द्रित रहने छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार बितरकको जिम्मा गोबिन्द शाहीले ( काफिया फिल्म्स प्रा.लि ) लिनुभएको छ भने उपत्यका बाहिरको जिम्मा केदार प्रसाद पराजुलीले ( कृष्ण फिल्म्स प्रा.लि ) लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: